• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जण्डोललाई पराजित गर्दै शम्भुनाथ एफसी विजयी 

जण्डोललाई पराजित गर्दै शम्भुनाथ एफसी विजयी 
न्यूज टुडे
राजविराज, २७ कार्तिक ।
कंकालिनी युवा क्लबद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २  सितापुर नयाँटोलमा संचालित दोश्रो पच्चशिल्ड फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा शम्भुनाथ एफसी विजयी भएको छ । नयाँ टोल स्थित खेल मैदानमा आइतबार सम्पन्न खेलमा जण्डोल फुटबल टिम जण्डोललाई ०-१ गोलले पराजित गर्दै शम्भुनाथ विजयी भएको हो ।
निर्धारित ७०  मिनेटको खेलमा विजेता टिमका जर्सि नम्बर  ६  का  खेलाडीले दोश्रो हापको १८ औं  मिनेटमा गोल गरे ।
दुबै टिम विच कडा प्रतिस्पर्धा भएको खेलमा जण्डोलले गोल गर्न नसकेपछि शम्भुनाथ एफसीले जित हाँसिल गरेको आयोजक समितिका अध्यक्ष  उमेश कुमार चौधरीले जानकारी दिए ।
प्रतियोगितामा कंकालिनी युवा  क्लब सितापुर नयाँ टोल, सन्यासी युवा क्लब पोखरिया, मुसहरनिया सामुहिक युवा क्लब खडक नगरपालिका ८, प्रशवनी युवा क्लब प्रशवनी, शम्भुनाथ एफसी , जण्डोल फुटबल टिम जण्डोल, महुली ११ एफसी,  र अग्नीसाइर फुटबल टिम भुर्की  गरि ८ वटा टिमको सहभागीता रहेको आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
भोलि सोमबार  मुसहरनिया सामुहिक युवा क्लब खडक नगरपालिका ८ ,  र प्रशवनी युवा क्लब प्रशवनी विच प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमलाई नगद, शिल्ड, कप, मेडल प्रमाण-पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ । 
शनिबार सम्पन्न उद्घाटन खेलमा सन्यासी युवा क्लब पोखरियालाई ०-१ गोलान्तरले पराजित गर्दै आयोजक कंकालिनी युवा क्लब सितापुर नयाँ टोलले जित हाँसिल गरेका थिए ।