• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अग्नीसाईरमा कामै नगरी भुक्तानी
न्यूज टुडे
राजविराज, २१ कार्तिक ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाले कामै नभएका योजनामा भुक्तानी दिने गरेको खुलासा भएको छ ।  वडा नम्बर ५ स्थित माटो पुर्ने कार्यको लागि विनियोजित १३ लाख २ सय ४० रुपैयाँ कामै नगरी भुक्तानी गरेको पाइएको हो ।
गाउँ पालिकाले वडा नम्बर ५ को वडा कार्यालयको पहिलो तला निर्माण र भवन पछाडि माटो पुर्ने कार्यमा कामै नगरी उपभोक्ता समितीलाई भुक्तानी दिएको  महालेखा परिक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ ।
प्रदेश समपुरक अनुदानबाट गाउँपालिकाले वडा नम्बर ५ को पहिलो तला भवन निर्माणको वडा  कार्यालय निर्माण उपभोक्ता समिति अध्यक्ष राज नारायण साह विच भएको सम्झौता अनुसार वि. ओ. क्युको सिंनं. ६ मा भवन पछाडि माटो पुर्ने कार्यको लागि २९१.६ धन मिटर प्रति घन मिटर रु. ४४६.६४ का दरले रु १३ लाख २ सय ४० रुपैया भुक्तानी भएको छ, महालेखा प्रतिबेदनमा भनिएको छ, लेखा लेखापरीक्षणको क्रममा स्थलगत निरीक्षण गर्दा उक्त कार्य नभएको पाइएकाले भुक्तानी भएको रु. १३ लाख २ सय ४० असुल गरि प्रदेश संचित कोषमा दाखिला गर्नुपर्नेछ ।
गाउँपालिकाले सोही वडाको भुइतल्ला निर्माण कार्यमा समेत रु.११ लाख ८ सय ६ बढी भुक्तानी गरेको महालेखा प्रतिबेदनमा जनाएको छ । कामै नभएको योजनाहरुमा गरिएको भुक्तानी र काम गरेकोभन्दा बढी भुक्तानी दिएको रकम असुल गर्न प्रतिबेदनमा सुझाव दिइएको छ ।