• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बसबाटै एक यात्रुको नगद र सुनको लकेट चोरी

बसबाटै एक यात्रुको नगद र सुनको लकेट चोरी
न्यूज टुडे
राजविराज, २१ कार्तिक ।
सप्तरीमा मंगलबार बसमा सवार रहेकी एक महिलाको नगद तथा गहना चोरी भएको छ ।  रुपनगरदेखी रुपनी जाने क्रममा कन्चनरुप नगरपालिका १२ रुपनगरकी अप्सरा बरालको नगद ७ हजार ५ सय र सुनको लकेट रहेको पर्स चोरी भएको हो ।
दिउँसो १२ बजे विराटनगर- गाईघाट जाने बसमा रुपनगरदेखी रुपनी आउँदै गर्दा बाटैमा झोल्लाबाट नगद, सुन, एटीएम कार्ड, अदालतको तारिक प्रचार र मिटर व्याजी  मुद्दा दर्ता नम्बर प्रमाण भएको पर्स चोरी भएको वरालले बताइन् ।
“रुपनगरबाट बसमा चढे, केही शंकास्पद व्यक्तिहरु पनि बसमा पहिलेदेखि नै सवार रहेका थिए, रुपनीमा बसबाट उत्रिएर राजविराज पुगे, राजविराजमा पुगेर झोलबाट पर्स निकाल्न खोज्दा नभेट्दा झसङ्ग भएँ ।”
 उनले पर्समा नगद, चारआनाको सुनको लकेट र केही महत्वपूर्ण कागज-पत्र रहेको बताइन् । चोरी भएको थाहा पाउनसाथ प्रहरीलाई खबर गरि खोजतलास गर्दा समेत पर्स फेला नपरेको उनले जानकारी दिइन् ।