• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा २४ घण्टाको अवधि भित्रै ५ जनाले आत्महत्याको प्रयास गरेका छन् । विगतमा पनि यहाँ यस्तै प्रयासबाट कतिले ज्यानै गुमाई सकेका छन् भने कतिपयलाई उपचार गरिएको छ ।
बढ्दो गरिबी, बेरोजगारी, प्रेममा असफलता, पारिवारिक विग्रह लगायत विभिन्न कारणले निराश भई व्यक्ति अन्ततः आत्महत्या गर्ने मनस्थितिमा पुग्छ भनी यस सम्बन्धि जानकारहरुको भनाई छ । रोजगारीका लागि लाखौं नेपाली विदेशिई सकेका छन् भने आत्महत्याबाट ज्यान गुमाउनेहरुको संख्या पनि ठूलै छ । सरकारले यस विषयमा चासो नलिने हो भने यो क्रम अझै बढेर नजाला भन्न सकिन्न ।
आत्महत्या रोक्नका लाग के कस्ता कदम चलाउने र उपाय अवलम्वन गर्ने भन्ने विषयमा सरकारले योजना अघि सारेमा यसलाई न्यूनीकरण गर्न नसकिने होईन । समग्रमा हेर्दा बढ्दो गरिबी तथा चर्को ब्याज र ऋणमा डुब्नु परेका कारणले नै बढी जसोले आत्महत्या गरेको पाइन्छ । जनता गरिबीका कारणले तड्पिएर बस्नु पर्ने अनि भ्रष्टाचार र बेतिथि बढेको बढ्यै हुने हो भने व्यक्तिका लागि यो पनि निराशको कारण बन्न सक्दछ । त्यसैले यो समस्यालाई समयमै गम्भिर रुपमा लिएर सरकारले आवश्यक उपाय अवलम्वन गर्ने तिर अब विलम्व गर्नु हुन्न । बढ्दो निराशालाई घटाउन र व्यक्तिमा भविष्य प्रतिको आशा जगाउन सकियो भने यसमा कमी ल्याउन सकिन्छ ।