न्यूज टुडे
राजविराज, २० कार्तिक ।
सप्तरीको कन्चनरुप नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार अभियान सुरु भएको छ । जसपा नगर समितिद्वारा सप्तरीको कंचनपुरमा सोमबार आयोजित एक समारोहका विच प्रमुख अतिथि जसपा प्रदेश सदस्य भोला पासवानले उद्घाटन गरेका हुन् ।
जसपा नगर अध्यक्ष सुदम्वर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका भातृसंगठन पिछडावर्ग ( OBC) महासंघ नेपालका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो, केन्द्रीय प्रबक्ता मनाइ महतो, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादव, समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रविलादेवी साह, प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, कन्चनरु नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामसुन्दर यादव लगायतकाले संगठन विस्तार अभियानको सफलताको शुभकामना व्यक्त गरे ।
यसैगरी नगर समिति सदस्यहरु अबधेश मुखिया, रामदेव यादव, भुवनेश्वर यादव (थापा), जसपा वडा नम्बर १ का अध्यक्ष गर्भी पंजियार, जसाजवादी महिला संघ सप्तरी निर्वाचन क्षेत्र नम्बर १ की अध्यक्ष साहाना बेगम लगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
नगरसचिव चित्तरन्जन यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष एवम् कन्चनरुप नगरपालिकाका कार्यपालिका सदस्य शोभानन्द पासवानले गरे ।
अभियान अन्तर्गत नगरपालिकाको १२ वटै वडामा मंसिर ५ देखि १७ गतेसम्म संगठन विस्तार अभियान संचालन गरिने भएको छ भने वडा भेलाका लागि नगर सदस्यहरुलाई इन्चार्ज तोकि जिम्मेवार समेत दिएको नगर उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् ।
वडा नम्बर १ मा मंसिर ५ गते, २ मा मंसिर ६ गते, वडा नम्बर ३ मा मंसिर ७ गते, वडा नम्बर ४ मा मंसिर ८ गते, वडा नम्बर ५ मा मंसिर ९ गते, वडा नम्बर ६ मा मंसिर १० गते, वडा नम्बर ७ मा मंसिर ११ गते, वडा नम्बर ८ मा मंसिर १२ गते, वडा नम्बर ९ मा मंसिर १३ गते, वडा नम्बर १० मा मंसिर १४ गते, वडा नम्बर ११ मा मंसिर १६ गते र वडा नम्बर १२ मा मंसिर १७ गते संगठन विस्तार अभियान संचालन गर्ने जसपा नेपाल कन्चनरुपले जनाएको छ ।