• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको राजगढ गाउँपालिका नर्घोस्थित जनता शंकर माविमा लगाईएको ताला खोलिएको छ । तेस्रो श्रेणीको शिक्षकलाई प्रधानाध्यापक बनाउनकालागि दोस्रो श्रेणीको दरबन्दी कटौति गरेपछि उत्पन्न विवादका कारण आन्दोलित पक्षले त्यहाँ तालाबन्दी गरेका थिए । नियमित सञ्चालनमा रहेको विद्यालयमा तालाबन्दी गर्नेसम्मको दुःखद् अवस्था आउनु पक्कै पनि सुखद् पक्ष होईन ।

तालाबन्दीका कारण त्यसै विद्यालयका वालवालिकाको पठनपाठन प्रभावित हुन पुग्यो । त्यसको क्षति पनि तिनै निर्दोष वालवालिकाले ब्यहोर्नु पर्ने भएको छ । तालाबन्दी गर्नेले त पहिला आफ्ना माग राखेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकै हुन् । तर अवस्था यहाँसम्म ल्याई पुर्यानमा जो जो दोषी हुन् तिनले आफ्नो दोष अरुको थाप्लोमा हालेर उन्मुक्ति पाउने अवस्था छैन । तर्कका आधारमा अरुमाथि दोष थुपारे पनि यहाँसम्मको अवस्था आउनुका पछाडि जो जो दोषी छन् तिनको नोक्सानी त भएन होला । तर निर्दोष वालवालिकाको पठनपाठन त बिथोलिन पुगेकै हो । विद्यालयमा पठनपाठन निर्बाध सञ्चालनकालागि पहिला उचित बातावरण तयारी हुन आवश्यक मानिन्छ । नर्घोमा गरिएको तालाबन्दी खोल्नकालागि भएको बैठकमा आगामी शैक्षिक सत्रको सुरुवातमै शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयबाट जारी दरबन्दी मिलान कार्यबिधि तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम तहगत ,विषयगत दरबन्दी मिलान गरी लागु गर्ने,पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा रहेको विद्यार्थी संख्या,शिक्षक संख्या,विषयगत शिक्षक समेतलाई मध्यनजर गरी काम गर्ने सममति भएको छ ।

लामो समयदेखि भएको तालाबन्दी खोलेर पठनपाठन सुचारु गर्ने भनि गरिएको सहमतिलाई त सकारात्मक मानिएला । तर भविष्यमा फेरि कुनै विवादास्पद काम गरी विद्यालय बन्दको अवस्था सिर्जना नहोस् भन्नेतर्फ सोच्न आवश्यक छ ।