न्यूज टुडे
राजविराज, १९ कार्तिक ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले बार्षिक ४० लाखभन्दा बढी इन्धन खर्चमा सक्ने गरेका छन् । गाउँपालिकाले मापदण्ड विपरीत इन्धनमा लाखौ खर्च गर्ने गरेका हुन् ।
महालेखा परिक्षकको प्रतिबेदन अनुसार गाउँपालिकाले आव २०७८/०७९ मा मात्रै ४० लाख ३० हजार खर्च गरेको छ ।
गाउँपालिकाले सार्वजनिक खर्च मापदण्ड निर्देशिका विपरीत मनपर्दी इन्धन खर्च गरेको महालेखा परिक्षकको प्रतिबेदनले ठहर गरेको छ ।
मापदण्ड बमोजिम बार्षिक १२ लाख १ हजारको इन्धन खर्च गर्न सक्ने व्यवस्था छ तर गाउँपालिकाले तेब्बरबढी ४० लाख ३० हजारको इन्धनमा खर्च गरेका छन् ।
सार्वजनिक खर्च मापदण्ड निर्देशिका २०७७ को दफा७.१,१६ मा ३० जनासम्म कर्मचारी दरवन्दी भएको कार्यालयमा माशिक १सय लिटर डिजल र ७५ लिटर पेट्रोल तथा प्रति मोटरसाइकल १० लिटर पेट्रोल खर्च गर्न सक्ने व्यवस्था छ, तर गाउँपालिकाले मापदण्ड विपरीत ४० लाख ३० हजारको इन्धन खर्च गरेको छ ।