• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पहिलो बर्षमै १४ हजारभन्दा बढीको आँखा परिक्षण 

पहिलो बर्षमै १४ हजारभन्दा बढीको आँखा परिक्षण 
राजविराज, १९ कार्तिक ।
राजविराजमा संचालित सगरमाथा आँखा अस्पतालले पहिलो बर्षमै १४ हजार ६ सय विरामीको आँखा जाँच गर्न सफल भएको छ ।
अस्पतालको प्रथम बार्षिकोत्सवको अवसारमा अस्पतालमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रम उक्त जानकारी गराएको हो । कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा. आशिष पन्तले छोटो अवधिमै अस्पतालले ठूलो सेवा प्रदान गर्न सफलता हाँसिल गरेको बताए ।
“अस्पतालले पहिलो बर्षमा १४ हजार ६ सय ५ बिरामीको आँखा परिक्षण गरेको छ, उनले भने, त्यस्तै १ हजार २ सय १५ मोतियाविन्दु, विरामीको शल्यक्रियाका  गरि १ हजार ३ सय ४६ जनाको सफल शल्यक्रिया गरेको छ। “
उनले अस्पतालले दिदै आएको विषेश सेवा अन्तर्गत अकुलोप्लाष्टिक, कोर्निया, मेडिकल रेटिना र जलविन्दु लगायत रहेको जानकारी दिए ।
सप्तरी जिल्लामा आँखाका रोगीहरु उल्लेख्य रहेको बताउदै डा. पन्तले अस्पतालले न्युनतम शुल्क रु ८० मा विषेशज्ञ चिकित्सकद्वारा उत्कृष्ट आँखा उपचार सेवा दिइएको उल्लेख गरे ।
“सातैदिन ओ.पि.डि. तथा सर्जरीको सुविधा अस्पतालमा रहेको हुँदा विरामीहरुले आफुले पायक पर्ने समय र दिनमा आँखाको उपचार लिन सक्छन्, मेडिकल डाइरेक्टर पन्तले भने, जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा नभएर यहाँका बिरामीलाई अन्य शहर जानुपर्ने बाध्यता अब रहेन ।”
विरामीले फोन वा म्यासेजको माध्यमले नाम दर्ता तथा जाँचको समय बुक गराउने सुविधा अस्पतालले प्रदान गर्दै आएको उनले जानकारी दिए ।
आँखाको सुरक्षाको विषयमा जीवन शैलीमा सुधारसंगै सर्तकताको अपनाउन पर्ने सुझाव दिदै उनले समाजमा आँखाको समस्या, कार्य क्षेत्रमा हुने आँखाको जोखिम, उमेरको कारणले प्राकृतिक रुपमा हुने दृष्टिसम्बन्धि समस्या कम गर्न जोखिम पहिचान गर्न आबश्यकतामा जोड दिए ।
डा. पन्तले लाहन, विराटनगर, काठमाडौमा हुन नसक्ने जटिल प्रकारको आँखा रोगीहरुलाई निको पारेर पठाउन सफल भएको भन्दै खुशी व्यक्त गरे ।
उनले आधुनिक प्रविधिबाट विरामीहरुको शल्यक्रिया गर्दै आएको जानकारी दिए ।
अस्पतालका प्रबन्धक अफाक अनवरले विशेषज्ञ तथा अनुभवी चिकित्सकिय टोलिद्वारा गुणस्तरीय, सस्तो, सहज उपलब्ध हुने आँखा सेवा र प्रभावकारी व्यवस्थापन यस अस्पतालको मुख्य आकर्षण रहेको बताए । अस्पतालले दिएको सुविधाकै कारण सेवाग्राहीहरुको दैनिक चाँप लाग्ने गरेको उनले बताए । उनले बार्षिकोत्सवको अवसारमा कार्तिक २० गते देखि एकहप्तासम्म ओपिडि सेवा निशुल्क तथा अन्यमा समेत २० देखि २५ प्रतिशतमा सेवा प्रदान गर्ने जानकारी समेत दिए ।