नर्मदेव यादव
रुपनी, १८ कार्तिक ।
अनुचित लेनदेन जिल्ला समन्वय समितिबाट जिम्मेवारी मुक्त भएका मिटर व्याजी संघर्ष समिति सप्तरीका सचिब छेदीलाल पासवानको समानन्तर समिती गठन गर्ने प्रयास असफल भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित कठौनामा शनिबार केन्द्रिय अध्यक्ष मनोज पासवानको उपस्थितिमा समानन्तर समिति गठन गर्ने सचिब पासवानको प्रयास असफल भएको हो ।
अनुचित लेनदेन जिल्ला समन्वय समितिका सदस्यबाट गृह मन्त्रालयको निर्देशनमा जिम्मेवारी खोजिएको आक्रोशमा गोप्य रुपमा छुट्टै समिति गठन गर्न आयोजित भेलालाई संघर्ष समितीका पदाधिकारीहरुले विथोलेपछी उनको प्रयास असफल भएको थियो ।
छुट्टै भेला गरि समानन्तर समिति गठन गर्ने सूचना पाएपछि मिटर व्याज संघर्ष समिती सप्तरीका पदाधिकारीहरुले विरोध गरेपछि स्थगित गरेको संघर्ष समितिका केन्द्रिय सदस्य नथुनी साहले बताए ।
चोरबाटोबाट समिति गठन गर्ने तयारीमा रहेका सचिब पासवानको योजना थाहा पाएपछि संघर्ष समितीका अध्यक्ष बच्चालाल साहको नेतृत्वमा मिटर व्याजी पिडितहरु अबरोध गर्न पुगेका थिए ।
संघर्ष समितिको अध्यक्ष र सचिबको जिम्मेवारी सहित समिति गठन भइसकेको अबस्थामा भ्रष्टाचारको अभियोग लागेका सचिब पासवानले आयोजना गरेको भेलामा आउने केन्द्रिय अध्यक्षलाई हटाउनु पर्ने जिल्ला सचिबको जिम्मेवारीमा रहेका मो. उस्मानले बताए ।
झडप हुने आशंकामा उक्त स्थानमा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । समितिका अध्यक्ष तैयव र सचिब पासवानले पिडकसंग मिलेर भ्रष्टाचार गरेको आरोप लागेर जिम्मेवारीबाट मुक्त भएपछि अध्यक्षमा साहलाई चयन गरि सचिबको जिम्मेवारी मो. उस्मानलाई दिएको थियो ।
कार्यक्रम स्थाल हालसम्म तनावपुर्ण रहेका छन् ।