• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईरमा जसपाको तीन महिने संगठन विस्तार अभियान सुरु 

अग्नीसाईरमा जसपाको तीन महिने संगठन विस्तार अभियान सुरु 
न्यूज टुडे
राजविराज, १८ कार्तिक ।

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा जनता समाजवादी पार्टीको तीन महिने संगठन विस्तार अभियान सुरु भएको छ । अभियानको शनिबार आयोजित एक समारोहका विच जसपा मधेश प्रदेश समितिका मुख्यसचिव दिनेश कुमार यादवले उद्घाटन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव यादव । फोटो: न्यूज टुडे
जसपा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित संगठन विस्तार अभियानको उद्घाटन गर्दै मुख्यसचिव यादवले अभियानलाई वडादेखि टोलतहसम्म पुर्‍याउन आग्रह गरे ।
 पार्टीको तीन महिने अभियान चुनाव लक्षित मात्रै  नभएको जिकिर गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यसचिव यादवले मधेश विद्रोह, थारु आन्दोलन,आदिवासीसहितको पहिचान जनित आन्दोलनबाट प्राप्त उपलब्धि संरक्षण गर्न शक्ति आर्जन गर्ने अभियान भएको स्पष्ट पारे ।

जनता समाजवादी पार्टी मुलुकमा विभेद र अन्याय परेको बर्गसमुदायको हक अधिकार सुनिश्चितताका लागि स्थापना गरिएको  पार्टी भएको चर्चा गर्दै उनले जनता समजवादी पार्टीले मात्र देशमा भएको  सबैखाले उत्पिडनको अन्त्य तथा समस्याको निकास दिन सक्ने जिकिर गरे ।

कार्यक्रममा शुभकामना मनतव्य व्यक्त गर्दै जिल्ला अध्यक्ष केदार प्रसाद यादव । फोटो: न्यूज टुडे
उनले विभिन्न संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि मधेशी, थारु, आदिवासी जनजाति, दलितसहित राज्यको मुलप्रवाहबाट बन्चित जातिसमुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
संघीय परिषद सदस्य गुनानन्द चौधरीले संगठनका काम थप्प भएकोले पार्टी भित्र विचलन आएको बताए । उनले पार्टीलाई सशक्त बनाउन पार्टी गतिविधि निरन्तर हुनुपर्नेमा जोड दिए ।
मधेश प्रदेश सदस्य एवम् सप्तरी जिल्ला सह इन्जार्ज छेदी यादवले संघीयता सहितको व्यवस्था ल्याउनमा जसपाको ठुलो योगदान रहेको बताए ।
जसपाले देश र जनताको पक्षमा लिएको नितिबाट प्रभावित भएर माओवादी छोडेर आएको उनले उल्लेख गरे । प्रदेश सदस्य प्रभकर यादवले तीन महिने अभियानले जनताको अधिकार सुरक्षित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवले संघीयता कार्यान्वयनमा एमाले, काँग्रेस, माओवादी उनुदार देखिएको बताए ।
संघीयता कै कारण सिंहदरबार र सदरमुकामको अधिकार घरको ढोकामा आएको बताउदै उनले देशको विकास र जनता अधिकार सम्पन्न होस भन्ने चाहना नभएकाहरुको कारण संघीयताको अनुभुती अहिलेसम्म जनताले गर्न नपाएको उल्लेख गरे ।

उनले आन्दोलनबाट प्राप्त अधिकार खोस्ने शक्तिहरु सक्रिय भएकोले उनीहरुको विरुद्ध लड्न तयार रहन आग्रह गरे ।

नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा प्रबेश गरेका तामाङलाई स्वागत गर्दै मुख्यसचिव यादव । फोटो : न्यूज टुडे
जनता समाजवादी पार्टी अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष मिलन चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सदस्य रामदेव यादव, पुर्व जिल्ला सदस्य दिनेश कुमार साह, नवप्रवेशी कपिल तामाङ, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त बहडखेर, स्थानीय तह निर्वाचन २०७९ को वडा नम्बर ५ का प्रत्यासी उम्मेदवार दुर्गानन्द चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
गाउँपालिका सचिब शम्भु चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत कोषाध्यक्ष कपिलदेव मण्डलले गरे भने संगठन विस्तार अभियानको उदेश्य बारे प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङले प्रकाश पारे ।
उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) परित्याग गर्दै अग्नीसाईर कृष्णासवरन इन्चार्ज कपिल तामाङ जसपामा प्रवेश गरेका थिए । उनलाई मुख्यसचिव दिनेश कुमार यादवले माला र जिल्ला अध्यक्ष केदार प्रसाद यादवले टीका लगाएर स्वागत गरेका थिए ।