• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कृतिको छैठौं साधारणसभा सम्पन्न
उत्तम आचार्य
रुपनगर, १८ कार्तिक ।

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कन्चनरुप-१२ रुपनगरको छैठौं साधारणसभा सम्पन्न भएको छ । रुपनगर स्थित फुलबारी पार्टी प्यालेसमा शनिबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख गुप्ता । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले विवादले विकासको काम ओझेलमा पर्ने भएकोले विवाद नगरीकन सबैएकजुट भएर काम गर्ने हो भने समाज रुपान्तरणमा सहज हुने बताए ।
कृति स्वास्थ्य उपचार केन्द्र नगरको गहना भएको भन्दै उनले यसको विकास र उन्नतिमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
उपचार केन्द्रका संस्थापक/ संरक्षक डा. रोहित कुमार पोखरेलले गरिव, दलित,विपन्न बर्ग तथा समुदायलाई सहज रुपमा स्वास्थ्य सेवामा पहुँच होस भन्ने उदेश्यका साथ उपचार केन्द्रको स्थापना गरिएको बताए । उनले आगामी दिनमा केन्द्रलाई अझ राम्रो सुविधा सम्पन्न बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

रुपनगर नन्दलाल संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दिपक कुमार गजुरेलले सामुदायिक संस्था भनेको सबैसमाज मिलेर चलाउने संस्था भएकोले यसको विकासमा सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

साधारणसभा सहभागी संचालक समितिका पदाधिकारी तथा सदस्यहरु । फोटो: न्यूज टुडे
संस्थाका कार्यबाहक अध्यक्ष देव नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कन्चनरुप नगरपालिका १२ नम्बर वडा अध्यक्ष देवी बहादुर खत्री, कार्यपालिका सदस्य सीता पौडेल, समाजसेवी जित बहादुर श्रेष्ठ, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै स्वास्थ्य संस्थाको विकासमा मिलेर लाग्नुपर्ने बताए ।
 पत्रकार उत्तम आचार्यद्वारा संचालित कार्यक्रममा स्वागत संचालक समितिका सदस्य दक्ष नारायण श्रेष्ठले गरे भने धन्यवाद ज्ञापन रितेश दासले गरेका थिए ।
साधारणसभामा कोषाध्यक्ष राजन अधिकारीले १ करोड ३९ लाख ६७ हजार ६ सय ९९ रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए ।