• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भूकम्पमा परि उपप्रमुख सिंहको निधन
न्यूज टुडे
राजविराज, १८ कार्तिक ।
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी एक उपप्रमुखको निधन भएको छ । भुकम्पमा परि नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको हो ।
सदरमुकाम खलंगा स्थित सिंह बसेको घर भत्किँदा उपप्रमुख सिंह गम्भीर घाइते भएकी थिइन । घाइते सिंहको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो,’ एक प्रहरी अधिकारीले भने, सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्ला अस्पतालमा हालसम्म ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउनेक्रम जारी  रहेको प्रहरीले जनाएको छ ।