• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
न्यूज टुडे
राजविराज, १७ कार्तिक ।
सरकारले आज र भोली ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ ।  यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको यो कार्यक्रम यो वर्ष बडादशैँ परेकाले १७ र १८ गते सञ्चालन हुन लागेको हो।
 राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत शुक्रबार र शनिबार बालबालिकाहरुलाई  भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।
भिटामिन ‘ए’ र जुकाको औषधी स्थानीय तहहरुमा पठाइएकोले नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सुरु गरिएको उनले जानकारी दिए ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो।
प्रत्येक आर्थिक वर्षमा सरकारले कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी निःशुल्क खुवाउने गरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।