न्यूज टुडे
राजविराज, १५ कार्तिक ।
रामजानकी युवा क्लब मट्टीगढाद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मा संचालित आठौं पच्च शिल्ड फुटबल प्रतियोगिताको उपाधि राजजी युवा क्लब पडरियाले हात पारेको छ ।
रामजानकी खेलमैदान मट्टीगढाको प्राङ्गणमा बुधबार सम्पन्न फाइनल खेलमा राजजी युवा क्लब मोहनपुर हरकटीलाई ०- २ गोलले पराजित गर्दै पडरियाले उपाधिमाथि कब्जा जमाएको हो ।

६० मिनेटको निर्धारित समयमा विजेता टिमको तर्फबाट जर्सी नम्बर १० का विनु मगरले खेलको पहिलो हापको १९ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए ।
यसैगरी खेलको दोश्रो हाफको १४ औ मिनेटमा विजेता टिमकै जर्सी नम्बर १९ का ओम सिंहले गोल गरे । दुबै टिमविच कडा प्रतिस्पर्धा भएपनि उपविजेता टिम मोहनपुर हरकट्टिकोले गोल फर्काउन नसकेपछी पडरियाले २ गोलेले जित हाँसिल गर्न सफल भएको आयोजक समितिका अध्यक्ष भगवती प्रसाद चौधरीले जानकारी दिए ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई एक समारोहका विच पुरस्कार वितरण गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले विजेता टिमलाई ३५ हजार १ सय राशीको नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे । यसैगरी उपविजेता टिमलाई कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले २५ हजार १ सय राशीको नगद पुरस्कारसहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिन ।
प्रतियोगिता समापन समारोहमा पुर्व उपाध्यक्ष मिना चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, २ का पशुपति प्रसाद चौधरी, १ का सबदुल खलिफा, ४ का तेज नारायण यादव, ५ का हरि मण्डल खंगलगायतका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय, समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तर्गत राजजी युवा क्लब पडरिया, स्पोर्ट्स क्लब ( एकेडेमी ) कुसाहा, मुसहर्निया सामुदायी युवा क्लब, प्रोग्रेसिभ युवा क्लब ओद्राहा, मयुर्नी समाजसेवी युवा क्लब उदयपुर, ग्रामिण कल्याण समुह हर्दिया, राजजी युवा क्लब मोहनपुर हरकटी र आयोजक रामजानकी युवा क्लब मट्टीगढा गरि ८ वटा टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन चर्चित उद्घोषक प्रविन कुमार चौधरीले गरेका थिए ।