• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

४२ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी उदयपुरलाई

४२ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी उदयपुरलाई
न्यूज टुडे
राजविराज, १४ कार्तिक ।

महुली ११ स्पोर्ट्स क्लबद्वारा संचालित ४२ औं जनचेतना रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिका उदयपुरले हात पारेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जनचेतना माध्यमिक विद्यालय घोघिदहको खेलमैदानमा मंगलबार आयोजित फाइनल खेलमा भरतपुर युथ क्लब धनुषालाई २- ४ गोलले पराजित गर्दै उदयपुरले उपाधिमाथि कब्जा जमाएको हो ।

उपविजेता धनुषालाई पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
दुबैटिम विच कडा प्रतिस्पर्धा भएको खेलमा विजेता टिमको तर्फबाट जर्सी नम्बर १२ का दिवस श्रेष्ठले खेलको पहिलो हापको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यसैगरी खेलको १८ औं मिनेटमा उपविजेता धनुषाका जर्सी नम्बर १० का राकेश यादवले गोल फर्काउन सफल भएपछि खेल बराबर भएका थिए । त्यसको लगतै उदयपुरका जर्सी नम्बर ७ का सुदिप श्रेष्ठले पलान्टीको मौकालाई गोलमा परिणत गर्दै आफ्नो अग्रता कायम राखे । पहिलो हापकै २६ मिनेटमा उदयपुरका दिवस श्रेष्ठले गोल थप्दै टिमलाई १ – ३ गोलको अग्रता कायम गरे ।

म्यान अफ द म्याच एवम् वेस्ट स्कोरर दिवस श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै उपाध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
खेलको दोश्रो हापको १८ औं मिनेटमा उपविजेता टिमको तर्फबाट जर्सी नम्बर १० कै राकेश यादवले पलान्टीको मौकालाई गोलमा परिणत गर्दै खेललाई २- ३ को अन्तरमा ल्याउन सफल भए । दोश्रो हापको २२ औं मिनेटमा विजेता टिमका जर्सी नम्बर ११ का सनम मगरले गोल गरेपछि उदयपुरले जित सुनिश्चित गरे ।
फुटबल प्रतियोगिताको समापन समारोहमा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे

प्रतियोगितामा विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री मो. समिमले नगद ५५ हजार राशीको पुरस्कार सहित शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरे । यसैगरी गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले उपविजेता टिमलाई नगद ३५ हजार राशीको पुरस्कार सहित कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।

शिल्ड परिक्रमा गर्दै अतिथिगणहरु । फोटो: न्यूज टुडे
खेलको म्यान अफ द म्याच र वेस्ट स्कोरर विजेता टिमका दिपेश श्रेष्ठ घोषित भएका छन् । उनलाई च्याम्पियन शिल्डसहितको पुरस्कार गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले प्रदान गरिन ।

आयोजक समितीका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा फुटबल प्रतियोगितामा योगदान गर्ने पुर्व अध्यक्षहरु निर्णायकलगायतका दर्जनौं व्यक्तिलाई सम्मान-पत्र र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो भने प्रमुख अतिथि मन्त्री समिम र गाउँपालिका अध्यक्ष चौधरीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विजेता, उपविजेता दुबै टिमका खेलाडीहरु । फोटो : न्यूज टुडे
चर्चित उद्घोषक प्रविन कुमार चौधरी र अर्मेन्द्र कुमार ठाकुरद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत प्रतियोगिता आयोजक समितिका पुर्व अध्यक्ष रामदेव चौधरीले गरे ।
समापन समारोहमा मन्चासिन प्रमुख अतिथी मन्त्री मो. समिमसहित अतिथिगणहरु । फोटो:न्यूज टुडे