• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अग्नीसाईरमा लागुऔषधमा कडाई गरिने 
न्यूज टुडे
राजविराज, १४ कार्तिक ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा आगुऔषधसहित नसाजन्य पदार्थ नियन्त्रणमा कडाइ गरिने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै विद्यालय आसपासको क्षेत्रमा लागुऔषधसहितको नसाजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्ने जनाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरीद्वारा जारी सूचनामा विद्यालय क्षेत्र आसपास लागुऔषधसहित नसाजन्य पदार्थ सेवन तथा विक्री वितरणमा निगरानी राख्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।
पालिकाको अन्तर्गतका सार्वजनिक स्थलहरुमा लागुऔषधको प्रयोग तथा विक्री वितरण हुने गरेको गुनासो व्यापक रुपमा उठेको तथा सोही आधारमा नियन्त्रणका लागि पालिकाद्वारा गरिएको आग्रहलाई बेवास्ता गरे कडा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।
यता जारी सूचनालाई कटाक्ष गर्दै सामाजिक संजालमा सर्वसाधारणले गाउँपालिकाले गरेको प्रयासको प्रशंसा गर्दै विज्ञापनले मात्र लागुऔषध नियन्त्रण नहुने भन्दै कार्यान्वयन गरेर देखाउन चुनौती दिएका छन् ।