• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजजी युवा क्लब मोहनपुर फाइनल प्रवेश
न्यूज टुडे
राजविराज, १३ कार्तिक ।
राजजी युवा क्लब मोहनपुर हरकटी रामजानकी युवा क्लब मट्टीगढाद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मा संचालित आठौं पच्च शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
 सोमबार भएको दोश्रो सेमिफाइनल खेलमा प्रोग्रेसिभ युवा क्लब ओद्राहालाई ट्राईबेकरमा ५- ६ गोलले पराजित गर्दै मोहनपुर फाइनलमा प्रवेश गरेको हो ।

रामजानकी खेलमैदान मट्टीगढाको प्राङ्गणमा ६०  मिनेटको निर्धारित खेलमा दुबै टिमको तर्फबाट गोल हुन नसकेपछि पलान्टी मार्फत खेलको छिनोफानो गरिएको थियो ।

खेलमैदान प्रवेश गर्दै खेलाडीहरु । फोटो : न्यूज टुडे
दुबै टिमविच कडा प्रतिस्पर्धा भएको  ३० – ३० मिनेटको निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि  पलान्टीमा मोहनपुरले जित हाँसिल गर्न सफल भएको आयोजक समितिका अध्यक्ष भगवती प्रसाद चौधरीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने फाइनल खेलमा राजजी  युवा क्लब पडरिया र मोहनपुर विच हुने उनले जानकारी दिए ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मयुर्नी समाजसेवी युवा क्लब उदयपुरलाई पलान्टीमा ५- ६ गोलले पराजित गर्दै पडरिया फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिता अन्तर्गत राजजी युवा क्लब पडरिया, स्पोर्ट्स क्लब ( एकेडेमी ) कुसाहा, मुसहर्निया सामुदायी युवा क्लब, प्रोग्रेसिभ युवा क्लब ओद्राहा, मयुर्नी समाजसेवी युवा क्लब उदयपुर, ग्रामिण कल्याण समुह हर्दिया, राजजी युवा क्लब मोहनपुर हरकटी र आयोजक रामजानकी युवा क्लब मट्टीगढा गरि ८ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका प्रथम हुने टिमलाई नगद ३५ हजार १ सय र दोश्रो हुनेलाई २५ हजार १ सय राशीको नगद पुरस्कार तथा प्रमाणपत्र, मेडल प्रदान गरिने आयोजक समितिका रमेश चौधरीले जानकारी दिए ।