• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महत्वाकांक्षी योजनाले आर्थिक कारोबार ठप्प भएको आरोप 

महत्वाकांक्षी योजनाले आर्थिक कारोबार ठप्प भएको आरोप 
राजकुमार साह
कञ्चनपुर , १२ कार्तिक ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ताको महत्वाकांक्षी योजनाले आर्थिक कारोबार ठप्प भएको कर्मचारीहरुले आरोप लगाएका छन् । आइतबार न्यूज टुडेसंग कुराकानी गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
 प्रमुख प्रशासकीय अधिकृत पुरुशोतम घिमिरे नगरप्रमुख गुप्ताको महत्वाकांक्षी योजनाका कारण सहमति नहुँदा दशैमा समेत कर्मचारी तथा सामाजिक सुरक्षासहितको लाभग्राहीहरुले तलवभत्ता लिनबाट बन्चित भएको बताए ।  “मेयर र उपमेयरको योजना संचित कोषको बजेटबाट सञ्चालन हुने हो, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने, तर वित्तीय समानिकरण बजेटबाट  नगर प्रमुख गुप्ताले सुशासन तथा संस्थागत विकास अन्तर्गत हुने वास्तविक योजना नराखेर खरिद गरेर प्रत्यक्ष लाभ हुने  वितरण मुखी योजनाहरु हालेकोले छ, वितरणमुखी योजना हटाउन भन्दा गुप्ताले मान्न तयार नभएर उल्टै मेरो योजना कटौती भयो भने ठिक हुदैन भनेर धम्कि  समेत दिएकोले सहमति हुन सकेन । “
“गुप्ताले यति सम्म भने कि  बरु तलब,सलब रोकियोस  मतलब छैन”  घिमिरेले भने , आर्थिक कारोबार सञ्चालनको  सबै प्रक्रिया भएपनि मेयर गुप्ताको कारणले कसैलाई दशै जस्तो चाड पर्वमा तलब ,भत्ता र उपभोक्तालाई भुक्तानी समेत  हुन  सकेन  । आर्थिक कारोबार कर्मचारीको कारणले नररोकिएको बरु नगर प्रमुख  गुप्ताको कारणले रोकिएको उनको आरोप छ ।
प्रशासन तथा शिक्षा शाखा प्रमुख नवराज खड्काले नगर सभाको लागि बैठकको कार्यपालिका बैठकबाट स्वीकृत बजेट भन्दा बढी नगर सभामा बजेट प्रवेश गराएर नगर प्रमुख गुप्ताले  पालिकालाई बन्धक बनाएको आरोप लगाए । मेयर र उपमेयरको लागि संचित कोष बजेटबाट बिनियोजन हुने ब्यवस्था बमोजिम मेयरले ३ करोड ५० लाख जति बराबरको रकम आफ्नो योजनामा समावेश गराएका छन् ,  उनले भने, “जबकी मेयरलाई २ करोड बजेट कार्यपालिकाको बैठकले छुट्टयाएको थियो । ” उनले  सामाजिक विकास अन्तर्गतको शिक्षा शाखामा पनि ५० लाख भन्दा बढी खरिद गरि वितरण मुखी योजना समावेश गराएको आरोप लगाए ।
 शाखाले आफ्नो छुट्टै सिलिङ योजनामा एक करोड २८ लाख बजेट रहेको बताउदै मेयरले शाखाहरुको योजनामा आफ्नो योजना पार्न नमाने पछि कर्मचारीलाई डरत्रास देखाउने काम समेत गुप्ताले गरेको खड्काले बताए । संचित कोषमा राखिएका योजनाहरु मेयर गुप्ताले  प्रभावमा पारी संचित कोषबाट योजना हटाएर वित्तीय समानिकरणतर्फ सुत्रमा प्रविष्ट गराउन खोज्दा लेखा  र प्रमुख प्राशासकिय अधिकृतले नमाने पछि कार्तिक ३ गते शुक्रबारका दिन नगर प्रमुखले सुत्र लक गर्न नदिँदा दशै जस्तो पर्वमा कर्मचारी ,शिक्षकले तलब भत्ता पाएन भने  दायित्व भुक्तानी पाउने उपभोक्ता समितिले समेत काम गरे वापतको भुक्तानी पाउनबाट  बन्चित गराएको खड्काले आरोप लगाए । मेयरले दवाब दिदै भने जब सम्म मेरो योजनाहरु वित्तीय समाणिकरण बजेटमा समावेश हुदैन तब सम्म कुनै किसिमको आर्थिक कारोबार हुन दिन्न भनेपछि हामी कर्मचारीले के गर्ने अहिले उल्टै दोषी कर्मचारीलाई देखाएर आफू पानी माथिको उभानो बन्न खोजेको खड्काले बताए ।
नगर सभा असोज २ गते भएको थियो । १७ दिन सम्म नगर प्रमुख गुप्ताले होल्ड गरेर २१ गते  प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको बताउदै उनले त्यसपछि लेखाबाट सुत्रमा प्रविष्ट गरेको भएपनि नगर प्रमुख गुप्ताले दुर्व्यवहार गर्ने देखेर कर्मचारीहरु कार्यालय आउन छाडेको खड्काले जानकारी दिए ।
 नगरप्रमुख गुप्ताले सुत्रमा प्रविष्ट नभएको कारण कर्मचारीको तलब र उपभोक्ताको भुक्तानी हुन नसकेको बताए । नगर सभाबाट पास भएको योजनालाई अध्ययन गरेर असोज १७ गते प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको बताउदै नगर सभाले पास गरेको बजेट अनुसार योजना लागु हुनुपर्ने  जिकिर गरे । यदि योजना हटाउनु छ भने त्यसको लागि विशेष नगर सभा गरेर त्यहीबाट हटाउनु पर्ने उनले तर्क गरे ।