न्यूज टुडे
राजविराज, ११ कार्तिक ।
धानुक मण्डल उत्थान समितिले ६ जना जेष्ठ नागरिक र ६ जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ।समितिद्वारा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मझाउमा शनिबार आयोजित एक कार्यक्रमको विच उनीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा जगदर प्रागना अन्तर्गत २२ गाउँ मध्येबाट इनरुवा बस्ने ९३ वर्षीय गुजिया देवी मण्डल, ८७ वर्षीय गर्भी मण्डल, राजगढ गापा ५ मलेकपुर बस्ने ८० वर्षीय विन्दा देवी मण्डल, ७७ वर्षीय खैजनी देवी, ८२ वर्षीय सत्यदेव मण्डल सहितलाई दोसल्ला, फुलमाला र अबिर लगाएर सम्मान गरिएको छ ।
यसैगरी स्वजातीय मण्डल भित्र पर्ने एसइइ तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका छिन्नमस्ता ६ खुदिबखारी बस्ने कृष्ण कुमार मण्डल, बिष्णुपुर गाउँपालिका ५ मझाउका अमिशा कुमारी मण्डल, पुजा कुमारी मण्डल, विबेक कुमार मण्डल, बादल कुमार मण्डल, मलेकपुर बस्ने कल्पना कुमारी मण्डल र अनडिपट्टी बस्ने निहाल मण्डललाई एक÷एक थान ग्रामर, डायरी, डटपेन, जुमेट्री बकस र प्रमाणपत्र सहित माला र अबिर लगाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा पकरी प्रागनाबाट तिलाठीकोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष कमल कुमार मण्डल लगायत दर्जन भन्दा बढीलाई गम्छा, फुलको माला र अबिर लगाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै तिलाठीकोईलाडी गाउँपालिका अध्यक्ष मण्डलले धानुक जातीको शिक्षा स्तर दिन प्रतिदिन खस्कदै गएको र यसले स्वजातीय मण्डल समुदाय पछि परेको टिप्पणी गरे । धानुक मण्डल उत्थान समिति प्रागना जगदर क्षेत्र नम्बर २ र ३ द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको अध्यक्षता समिति अध्यक्ष धनाइ मण्डलको गरेका थिए भने कार्यक्रमका प्रमुख आतिथी जगदर प्रागनाका मैंजन राजकुमार मण्डल रहेका थिए ।

कार्यक्रममा राय झुयना प्रागनाका मैंजन महेश कुमार मण्डल, पत्रकार कृष्ण मण्डल, तिलाठी कोईलाडी गा.पा. २ का वडा अध्यक्ष कमल मण्डल, युवा विशेश्वर मण्डल, उपाध्यक्ष भोला मण्डल, सदस्य रामानन्द मण्डल, विटेदार दिनेश्वर मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको संचालन सत्यदेव मण्डलले गरेका थिए ।