न्यूज टुडे
राजविराज, ११ कार्तिक ।
जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले नवसम्वर्ध्द्वनवादी तथा पुरानतनवादी पार्टीको कारण संघीयता कार्यान्वयनमा चुनौती थपिएको बताएका छन् ।
जसपा रुपनी गाउँपालिकाद्वारा रुपनीमा शनिबार आयोजित संगठन विस्तार तथा दशै, दिपावली, छठ समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेता साहले यथास्थितिवादी र परिवर्तन विरोधी पार्टीको कारण मधेश विद्रोहसहित पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पुगेको बताए । “संघीयता, पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताका लागि जसपा पार्टी स्थापना भएको हो, पार्टी स्थापना कालदेखि नै सामाजिक न्याय र समानताको लागि संघर्ष जारी राखेको छ, उनले भने, कठोर आन्दोलनबाट स्थापित संघीयता सहितको व्यवस्था उल्टाउने नवसम्वर्ध्द्वनवादी तथा पुरान्तनावादी पार्टीको कारण मुलुकमा संघीयता कार्यान्वयनमा चुनौती थपिएको छ ।“

पुरानै व्यवस्था पर्काउन चाहाने पुरान्तनवादी सोच भएका काँग्रेस, एमाले,माओवादी र राप्रपा तथा परिबर्तनलाई उल्टाउनुसक्रिय नवसम्वर्ध्द्वनवादी पार्टी रास्वपा,जनमत, लोसपा, नागरिक उन्मुक्तिको कारण संघीयता कार्यान्वयनमा चुनौती थपिएको उनको भनाइ थियो । उनले सदियौदेखी विभेद, अन्याय, भेदभाव र उत्पीडितबाट मुक्तिका लागि तिनै तहको सरकार र राज्यको हरेक निकायमा जसपाको नेतृत्व आबश्यक रहेकोले संगठन विस्तारमा जोड दिए । राजनीति समिति सदस्य विनोद कुमार चौधरीले जसपाकै नेतृत्वमा देशमा परिवर्तन आएको जिकिर गरे । उनले परिबर्तनलाई संस्थागत गर्न जसपालाई शक्तिशाली बनाउनु पर्नेमा जोड दिए । मधेश प्रदेशका मुख्यसचिव दिनेश कुमार यादवले मधेश आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि आन्दोलनको तयारीमा जुट्न आग्रह गरे । जिल्ला अध्यक्ष केदार प्रसाद यादवले संगठनबाटै शक्ति आज्रन हुने भएकोले टोल तहसम्म संगठन विस्तार गर्न नेताकार्यकर्तालाई आग्रह गरे ।
जसपा रुपनी गाउँपालिकाका उपाध्यक्ष मिश्रीलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य बेचनी देवि सरदार, मधेश प्रदेश समिति सदस्य एवम् जिल्ला समवन्य समिति सप्तरीका पुर्व सभापति प्रभाकार यादव, विनोद कुमार यादव, जिल्ला उपाध्यक्ष हरेराम यादव, सचिब एवम रुपनी गाउँपालिकाका पुर्व अध्यक्ष हरेराम यादव, उपसचिव शम्भु कुमार यादव, प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, जसपा जिल्ला कार्यकारिणी सदस्य राजेश्वर राय, जिल्ला सदस्य तेज नारायण यादव, पुर्व जिल्ला सदस्य सदानन्द यादव, पुर्व प्रधानाध्यापक बहादुर सुनरैत, पुर्व प्रहरी निरीक्षक शिव नारायण खेडवार लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
शिक्षक श्याम प्रसाद यादवद्वारा संचलित कार्यक्रममा स्वागत जिल्ला समिति सदस्य लाल बहादुर मेहताले गरे ।