राजबिराज, १० कार्तिक ।
सप्तरीको राजगढ गाउँपालिका ३ स्थित जनता शंकर माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी अविलम्ब फिर्ता गर्न अभिभावक तथा सरोकारवालाहरुले माग गरिएको छ । दरबन्दी कटौती गरेको विरुद्धमा बिधार्थीहरूले बिधालयमा तालाबन्दी गरेकाे विषयमा शुक्रबार आयोजित बृहत अभिभावक भेलाका सहभागी बक्ताहरुले उक्त माग गरेको हो ।
सार्वजनिक सरोकार केन्द्र सप्तरीद्वारा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले मावि द्वितीय श्रेणीको दरबन्दी कटौतीको निर्णयप्रति आपत्ति व्यक्त गरे ।
शिक्षक दरबन्दी कटौतीको निर्णय फिर्ता लिन आग्रह गर्दै बक्ताहरुले शान्तिपुर्ण ढंगबाट माग सम्बोधन नभए विद्यार्थीहरुसंगै थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

विद्यालयका जग्गा दाता रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजगढ गाउँपालिकाका पुर्व अध्यक्ष प्रमानन्द यादव, जसपाका शिवशंकर यादव, शम्भु कुमार यादव, जनमत पार्टी गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार अशोक कुमार साह, सार्वजनिक सरोकार केन्द्र सप्तरीका अध्यक्ष राम कुमार यादव, पुर्व वडा अध्यक्ष ललित नारायण सिंह, डा. विनोद यादव, मुसहरु यादव, कृष्णदेव यादवलगायतका विभिन्न पार्टी प्रतिनिधि तथा अभिभावकहरुले मन्तव्य व्यक्त गरे ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको संचालन श्यामपृत मण्डलले गरेका थिए ।
बिद्यालयका निमित्त प्राधानाध्याक रबिन्द्र साहकाे दरबन्दी कटौती गर्ने निर्णय फिर्ताको माँग गर्दै बिधार्थीहरूले असोज २५ गते गाउँपालिका कार्यालय र विद्यालयमा तालवन्दी गरेका छन ।
बिद्यालयमा शिक्षकको अभाव रहेको अबस्थामा बिधालय ब्यबस्थापन समितिले बिधालयमा आर्थिक अनियमितता गर्न दरबन्दीका शिक्षक कटौती गरेकाे भन्दै बिधार्थीहरूले तलाबन्दी गरेपछि पठनपाठन पुर्ण रुपले ठप्प भएको छ भने गाउँपालिकाको सेवा प्रभावित भएको छ ।
विद्यार्थीहरुले निर्णय फिर्ताको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै आत्मदाह गर्नेसहितको सशक्त आन्दोलन गर्ने चेतावनी दिएको भोलिपल्ट असोज २५ गते गरेको तालाबन्दी जारी रहेको छ ।
राजगढ गाउपालीकाका अध्यक्ष ओम प्रकाश मण्डल, तत्कालिन प्रधानध्यापक नारायण यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादब र केही शिक्षकको मिलेमतोमा दरबन्दी बेचिएकाे अभिभावकहरूकाे आराेप छ।
बिद्यालयका बर्तमान निमित्त प्राधानाध्याक रबिन्द्र साहलाई दरबन्दी समेत कटौती गरी अन्यन्त्र सरुवा गर्ने षडयन्त्र तत्काल रोक्नका लागि गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउदा समेत सुनुवाइ नभएको बिधालयका जग्गा दाता रामचन्द्र यादबले बताए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले बिधालयमा आफनो अनुकुल निमित्त प्रधानाध्यापक बनाउन र व्यक्तिगत स्वार्थ सिद्ध गर्न सिनियर दरबन्दी कटौती गरेको उनको आरोप छ ।
उच्च अदालत जनकपुर ईजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित्त प्रधानाध्यापक रबिन्द्र कुमार साह (मा.शि .द्वितीय) ले जिम्मेवारी पाएको जानकारी दिदै जग्गा दाता रामचन्द्रले हाल सम्म विद्यालयको खाता समेत खोल्न ब्यबस्थापन समितिले असहयोग गरेको कारण शैक्षिक अबस्था अस्तव्यस्त भएको आरोप लगाए ।
बर्तमान प्रधानाध्यापकलाई दरबन्दी समेत कट्टा गरि अन्यत्र पठाई आफू जिम्मेवारीमा आउने दाउमा रहेका पुर्व निमित प्रधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) ले बरबुझारत समेत गराउन सहयोग नगरेकोले विद्यालय संचालनमा अप्ठयारो भएको विद्यालय प्रशासनले जनाएको छ ।
दश बर्ष लामो जिम्मेवारीमा रहेका तत्कालिन प्रधानाध्यापक नारायणले विद्यालयको जिम्मेवारी पाए देखि हालसम्मको कुनै किसिमको हरहिसाव नबुझाएको अभिभावकहरूले गुनासो गरेका छन् ।
दरबन्दी अनुसार विद्यालयमा शिक्षक कमि रहेको अबस्थामा ब्यबस्थापन समिति र शिक्षकहरूको मिलोमतोमा भ्रष्टाचार गरेको र दाताले दिएको जग्गा बेचेकोले सो सम्बन्धमा अख्तियारवाट छानबिन र अनुसन्धान कार्य समेत भईरहेको स्थानीयले जनाएको छ ।