• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

थारु भाषालाई एकीकृत गरि लिपिबद्व गर्नुपर्नेमा जोड

थारु भाषालाई एकीकृत गरि लिपिबद्व गर्नुपर्नेमा जोड
राजविराज, १० कार्तिक ।
थारु भाषालाई एकीकृत गरि लिपिबद्व गर्नुपर्ने सप्तरीको शम्भुनाथ नगरपालिका ७ कठौनामा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । थारु भसा साहित्य केन्द्र जिल्ला कार्यसमिति सप्तरीद्वारा बडा दशै, सुगराती, छ्ठ तथा समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले उक्त जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक सिएन चौधरी । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै बक्ताहरुले ठाउँ अनुसारको भाषाले गर्दा अन्योलता सिर्जना हुने गरेकाले थारु भाषाको जगेर्नामा समस्या आएको बताए । उनीहरुले देशभरी बोलिने थारु भाषालाई एकीकृत गरि लिपिवबद्व गर्नुपर्नेमा जोड दिए ।
“सप्तरी, सिराहामा बोलिने भाषा, दाङ , कैलाली, कंचनपुर र झापा, मोरङ्ग, उदयपुरका थारुले बोल्ने भाषामा फरक भेटिन्छन्, सहभागी बक्ताहरुले भने, जिल्ला अनुसारको फरक शैलीमा बोलिने थारु भाषालाई एकीकृत गरि लिपिबद्व गर्दै देशभरी एउटै भाषालिपीको ब्याकरण तयारी गरेर भाषाको संरक्षणमा लाग्नुपर्छ”
थारुभाषालाई एकीकृत गरि सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु गरि राज्यबाटै थारुभाषाको संरक्षण गर्नुपर्नेमा उनिहरुको जोड थियो ।
थारु भसा साहित्य केन्द्र सप्तरीका अध्यक्ष डा. कबिरदास चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि थारु भसा साहित्य केन्द्र काठमाडौका महासचिव सियालाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण थारु, टिएम.एमसीका अध्यक्ष एवम् लेखक तथा विश्लेषक चन्द्र नारायण ( सिएन) चौधरी, भगवतपुर क्याम्पसका प्रमुख महेश चौधरी, नमुना माध्यमिक विद्यालय भगतपुरका प्रधानाध्यापक तुलसीदास चौधरीले  शुभकामना मन्तव्य व्यक्त गर्दै आ- आफ्नो विचार राखे ।
यसैगरी अभिवक्ता भगवती चौधरी, थाकस शम्भुनाथका सचिव गौरी चौधरी, अनिरुध्द कुमार मण्डल, पर्मिला चौधरी, गुलाव चौधरी, मिथिलेश चौधरीलगायतको समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
शिक्षक श्रीनारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थारु भसा साहित्य केन्द्र सप्तरीका सचिब विन्तिलाल चौधरीले गरे ।