• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सशस्त्र प्रहरीद्वारा ४० हजार वरावरकाे पटाका नष्ट

सशस्त्र प्रहरीद्वारा ४० हजार वरावरकाे पटाका नष्ट
रामनाथ यादव
राजविराज, ९ कार्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ स्थित याेगिनियाँमा विहिवार  हजारौं मुल्यको पटका नष्ट गरिएको छ । सशस्त्र प्रहरी टिकुलिया वेश क्याम्पवाट खटिएका प्रहरी टोलिले बरामद गरेको अबैध पटका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक साेनु आचार्यकाे नेतृत्वमा खटिएकाे पाँच जनाकाे टाेलीले भारतकाे कुनाैलीवाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेकाे अनुमानित ४० हजार  मूल्य वरावरकाे पटाका वरामद गरेको थियो ।
खाल्डो पुर्न तयारी अबस्थाको पटका । फोटो:न्यूज टुडे
उक्त वरामद गरिएको पटाका टिकुलीया वेस क्याम्पमा खाल्डो खनि तिलाठी काेइलाडी गाउँपालिका ५ का वडा अध्यक्ष ललन प्रसाद राउत, प्रहरी चाैकी वर्साइनको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।