न्यूज टुडे
राजविराज, ९ कार्तिक ।
रामजानकी युवा क्लब मट्टीगढाद्वारा संचालित आठौं पच्च शिल्ड फुटबल प्रतियोगिताको बिहिवार भएको खेलमा प्रोग्रेसिभ युवा क्लब ओद्राहा विजयी भएको छ । मुसहर्निया युवा क्लबलाई ०- २ गोलले पराजित गर्दै ओद्राहाले जित हाँसिल गरेको हो ।
रामजानकी खेलमैदान मट्टीगढाको प्राङ्गणमा ७० मिनेटको निर्धारित खेलमा विजयी टिमको तर्फबाट पहिलो हापको २३ औं मिनेटमा जर्सी नम्बर १६ का निरज चौधरीले गोले गरे । खेलको दोश्रो हाफको २० औं मिनेटमा विजयी टिमकै तर्फ जर्सी नम्बर ७ का विशाल चौधरीले दोश्रो गोल गरे । दुबै टिमविच कडा प्रतिस्पर्धा भएको खेलमा विपक्षी टिमको तर्फबाट गोल फर्काउन नसकेपछि ओद्राहाले सहजै जित आफ्नो पोल्टामा पार्न सफल भएको आयोजक समितिका अध्यक्ष भगवती प्रसाद चौधरीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत राजजी युव क्लब पडरिया, स्पोर्ट्स क्लब ( एकेडेमी ) कुसाहा, मुसहर्निया सामुदायी युवा क्लब, प्रोग्रेसिभ युवा क्लब ओद्राहा, मयुर्नी समाजसेवी युवा क्लब उदयपुर, ग्रामिण कल्याण समुह हर्दिया, राजजी युवा क्लब मोहनपुर हरकटी र आयोजक रामजानकी युवा क्लब मट्टीगढा गरि ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका प्रथम हुने टिमलाई नगद ३५ हजार १ सय र दोश्रो हुनेलाई २५ हजार १ सय राशीको नगद पुरस्कार तथा प्रमाणपत्र, मेडल प्रदान गरिने आयोजक समितिका रमेश चौधरीले जानकारी दिए । भोलि ( शुक्रबार) को खेल मयुर्नी समाजसेवी युवा क्लब उदयपुर र ग्रामीण कल्याण समूह हर्दिया विच हुने उनले जानकारी दिए ।