• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बागेश्वरी सेवा समितिको साधारणसभा सम्पन्न 

बागेश्वरी सेवा समितिको साधारणसभा सम्पन्न 
राजविराज, ९ कार्तिक ।
बागेश्वरी सेवा समितिको साधारणसभा बिहीबार सम्पन्न भएको छ । समितिको अध्यक्ष ई. इन्द्र नारायण देवको अध्यक्षता तथा मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यमाबागेश्वरी मन्दिरको प्रागणमा आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
 कार्यक्रममा बोल्दै मन्त्री यादवले तीन तहको सरकारबाट जनता अहिलेसम्म खुशी हुन नसकेको बताए ।
समाजको प्रत्येक घर घरमा शिक्षा, स्वास्थ पुग्नुपर्ने एकदमै  आवश्यक रहेको उनको जोड थियो ।  शिक्षाको फ्याक्ट्रिको रूपले परिचित मधेश प्रदेश अहिले नेपालमै पछाडि परेकोले यो प्रदेशको शिक्षा क्षेत्रलाई उकास्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्नेमा उनले  जोड दिए।  सामुदायिक विद्यालयलाई अगाडि बढाउन खोज्दा विभिन्न बाधा आउने भएकोले प्रदेश शिक्षा नीति बनाएर अगाडि बढाउने योजना रहेको तथा शिक्षा नीति एवम् ऐनले शिक्षामा नौलो फड्को मार्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
पूर्ण साक्षर नीति चारवर्ष भित्र ल्याएर कार्यान्वयन गर्ने मन्त्री यादवले घोषणा गरे। संस्कारी र व्यबहारिक शिक्षालाई पनि संगै लादा मात्र समयको माँग पूरा हुने उनको तर्क थियोे ।
उनले प्रदेश सरकारले आवासीय  छात्रा विद्यालय कार्यक्रम ल्याएको समेत जानकारी दिए । सामुदायिक विद्यालयलाई अगाडि बढाउन खोज्दा बाधा आउने भएकोले प्रदेश शिक्षा नीति बनाएर अगाडि बढ्ने योजना रहेको उनको भनाइ छ ।
कार्ययक्रममा मधेस प्रदेशका सांसद सतिस कुमार  सिंह,पूर्व मेयर शैलेश चौधरी,भवानी सेवा समितिको अध्यक्ष प्रताप नारायण चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, बागेश्वरी सेवा समितिको पूर्व अध्यक्ष द्वय मेदनारायण देव, राधेश्याम रमण, पत्रकार सुधादेव लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा मानार्थ तथा एसईईमा एप्लस ल्याउने विद्यार्थीलाई चाँदीको मेडल प्रमाणपत्र र खादा अोढाएर सम्मान गरिएको थियोे ।