न्यूज टुडे
राजविराज,९ कार्तिक ।
सप्तरीको महादेवा गाउँपालिकामा बिहिवार नेकपा (माओवादी केन्द्र)द्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।महादेवा गाउँपालिकाको अध्यक्ष पदको प्रत्यासी दिपेन्द्र माझीको अध्यक्षता तथा नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रिय सदस्य एवम् सविधान सभा सदस्य अशोक कुमार मण्डल(अमर)को प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी मण्डलले माओवादी जनयुद्धको कारण देशमा ठूलो परिवर्तन आएको बताए । सवैकिसिमको भेदभावको अन्त्य माओवादीले गरेको तथा अहिले पनि गरिब र पिडितहरुको समस्या समाधान तर्फ बर्तमान सरकार लागि परेको उनले जिकिर गरे ।
माओवादी केन्द्रको केन्द्रिय सदस्य एवम् अन्तरिम संविधानका विधायक सूर्यनाथ यादव(सुभाष)ले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउनेलाई सरकारले कारबाही गरेको उल्लेख गरे ।
केन्द्रिय सदस्य एवम् मधेश प्रदेसका पुर्व मन्त्री रुवी कर्णले समान्ती राज्यको अन्त्य माओवादी सरकारले गरेको बताइन् । कुनै पनि पार्टीले गर्न नसकेको काम माओवादीले गरेको दावी गर्दै उनले शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा दलित र पिछडिएको क्षेत्रको कोटा समेत माओवादीले नै छुटयाएको उल्लेख गरिन ।
प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार तथा प्रचार प्रसार विभागको सदस्य देवराम यादवले महादेवा गाउँपालिकामा भ्रष्टाचार बढ्दै गएकोले खवारदारी गर्नु जरुरी रहेको बताए । युवा पत्रकार विन्दु कुमार यादवले कुनै पनि निकायमा भ्रष्टाचार गर्नु कानुनी अपराध रहेकोले यस्ता अपराध गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
माओवादी केन्द्र महादेवा गाउँपालिकाद्वारा आयोजित विजया दशमी,शुभ दिपावली एवम् छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुश्लिम मुक्ति मोर्चा सप्तरीको संयोजक मो. डोमन, प्रेस सेन्टर नेपाल मधेश प्रदेश सचिव ध्रुव कुमार मण्डल, रामचन्द्र मण्डल ,राम नारायण सरदार लगायतकाहरुले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।