• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मट्टीगढामा आठौं पच्चशिल्ड फुटबल प्रतियोगिता सुरु, उद्घाटनमा पडरियाको जित 

मट्टीगढामा आठौं पच्चशिल्ड फुटबल प्रतियोगिता सुरु, उद्घाटनमा पडरियाको जित 
राजविराज, ८ कार्तिक ।
रामजानकी युवा क्लब मट्टीगढाद्वारा संचालित आठौं पच्च शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको स्थानीय समाजसेवी प्रोफेसर डा. उपेन्द्र प्रसाद चौधरीले बुधबार आयोजित एक समारोहका विच उद्घाटन गरेको हो ।

रामजानकी युवा क्लब अग्नीसाईर कृष्णासवरन ३ मट्टीगढाद्वारा आयोजित प्रतियोगिताको प्रमुख अतिथि डा. चौधरीले ब्यानर बाचन गरेर उद्घाटन गरे ।

फुटबल प्रतियोगितामा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे

आयोजक समितिका अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिता उद्घाटन समारोहमा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, पुर्व उपाध्यक्ष मिना कुमारी चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर २ का पशुपति प्रसाद चौधरी, ४ का तेज नारायण यादव, राजविराज नगरपालिका १ का वडा अध्यक्ष चन्द्र शेखर चौधरी, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, प्रतिनिधिसभा सदस्यका उम्मेदवार टिकालक्ष्मी चौधरी, प्रदेशसभाका उम्मेदवार बेचन प्रसाद चौधरी, गाउँपालिका उपाध्यक्षका उम्मेदवार निशा चौधरी लगायतका पुर्व वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा सहभागी खेलाडीहरु । फोटो: न्यूज टुडे
कार्यक्रमको संचालन स्थानीय शिक्षक चन्दन ठाकुरले गरेका थिए ।

रामजानकी खेलमैदान मट्टीगढाको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा राजजी युवा क्लब पडरिया विजयी भएका छन् । स्पोर्ट्स क्लब ( एकेडेमी) कुसाहालाई १-० गोल अन्तरले पछि पार्दै पडरियाले जित हाँसिल गरेको हो ।

खेलाडीहरुसंग परिचय गर्दै अतिथिगण । फोटो: न्यूज टुडे
 साठी मिनेटको निर्धारित खेलमा विजयी टिमको तर्फबाट पहिलो हापको २४ औं  मिनेटमा जर्सी नम्बर १७ का पुष्पराज चौधरीले १ गोले गरे । दुबै टिमविच कडा प्रतिस्पर्धा भएको खेलमा विपक्षी टिमको तर्फबाट गोल फर्काउन नसकेपछि पडरियाले जित आफ्नो पोल्टामा पार्न सफल भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत राजजी युव क्लब पडरिया, स्पोर्ट्स क्लब ( एकेडेमी ) कुसाहा, मुसहर्निया सामुदायी युवा क्लब, प्रोग्रेसिभ युवा क्लब ओद्राहा, मयुर्नी समाजसेवी युवा क्लब उदयपुर, ग्रामिण कल्याण समुह हर्दिया, राजजी युवा क्लब मोहनपुर हरकटी र आयोजक रामजानकी युवा क्लब मट्टीगढा गरि ८ वटा टिमको सहभागिता रहेको आयोजक समितिका सदस्य मोतिलाल चौधरीले जानकारी दिए ।
प्रतियोगिताका प्रथम हुने टिमलाई नगद ३५ हजार १ सय र दोश्रो हुनेलाई २५ हजार १ सय राशीको नगद पुरस्कार तथा प्रमाणपत्र, मेडल प्रदान गरिने आयोजक समितिका रमेश चौधरीले जानकारी दिए । भोलि ( बिहिवार) को खेल मुसहर्निया समुदायी युवा क्लब र प्रोग्रेसिभ युवा क्लब ओद्राहा विच हुने उनले जानकारी दिए ।