• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कंकालिनी मन्दिरमा सरसफाई
राजविराज, ८ कार्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध शक्तिपिठ कंकालिनी भगवती मन्दिरमा बुधबार सरसफाइ गरिएको छ ।स्थानीय ओम ट्रेडर्सकाे अगुवाइमा दशैंकाे दस दिने अवधिमा मन्दिर परिसरमा जम्मा भएकाे फाेहाेर सरसफाइ गरिएको हाे ।
मन्दिर सरसफाइमा सहभागीहरु । फोटो: आर. एन ।
ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरकाे नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुकाे सहभागीतामा मन्दिर परिसरलाई सरसफाइ गरिएकाे थियो ।
विगत बर्ष झै मन्दिरमा राँगा र बोका बलिले निरन्तरता पाएको भएपनि बलिको संख्यामा कमि हुँदै गएको स्थानीयले जनाएका छन् ।
मुलुककै प्रसिद्ध याे मन्दिरमा दशैंकाे महानवमीकाे दिन ६ सय ३ वटा रांगाकाे बलि प्रदान गरिएकाे थियाे । राँगा बलिकालागि मन्दिर विकास समितिले अपनाएकाे गाेलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष(छाेटु) झाकाे रांगा बलि प्रदान भएकाे जनाएको छ ।

राँगा बलिअघि हुने संकलप पुजाकाे अवसरमा स्थानीयबासिन्दा एवम् नागरिक समाज काठमाडौ  अगुवा गणेशकुमार मण्डलकाे सक्रियतामा नेपाली सेनाकाे हेलिकाेप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएकाे थियाे ।

कंकालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्पबृष्टी गर्दै । फोटो: न्यूज टुडे
भक्तजनले गरेकाे भाकल पूरा भएपछि कंकालिनीमा रांगाकाे बलि दिने चलन रहिआएकाे छ । साेहीक्रममा दशैं भरि यहाँ करिब ४१ हजार खसीबाेकाकाे बलि समेत भएकाे हनुमाननगर कंकालिनी नगरपालिका १ नम्बर  वडाका अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए ।
गतवर्ष कंकालिनी मन्दिरमा ६ सय ६९ वटा राँगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसकाे अघिल्लो  वर्ष ७ सय ४४ वटा राँगाको बलि दिईएकाे उनले जानकारी दिए ।