• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नारदमुनी थुलुङ स्मृति गोल्डकपको उपाधि सर्लाहीलाई

नारदमुनी थुलुङ स्मृति गोल्डकपको उपाधि सर्लाहीलाई
फत्तेपुर, ५ कार्तिक ।
बसाहा फुटबल क्लबद्वारा उदयपुरको चौदण्डीगढी  नगरपालिका ४ बर्खेडाडामा संचालित ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बागमती फुटबल क्लब सर्लाहीले हात पारेको छ । नारदमुनि थुलुङ स्मृति रंगशाला बसाहामा शनिबार  सम्पन्न  फाइनल  खेलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरीलाई १-० गोल अन्तरले पराजित गर्दै  सर्लाहीले उपाधिमाथि कब्जा जमाएको हो ।
खेलाडीहरुलाई बल हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य तामाङ, नगरप्रमुख लामा, पुर्व प्रमुख राई  । फोटो: न्यूज टुडे
खेलको पहिलो हापको ३  मिनेटमा सर्लाहीका  जर्सि नम्बर २३  का सृजन गौतमले एक गोल गर्दै टिमलाइ १-० को अग्रता दिलाएका थिए । निर्धारित समयमा दुबै टिमबाट कुनै थप गोल हुन नसके पछि सर्लाहीले  १-० गोल अन्तरले सप्तरीलाई पराजित गर्दै नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चुमेको हो।
प्रतियोगिता को म्यान अफ द म्याच न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर का कप्तान जर्सि नम्बर १५ का कुलदिप कार्की घोषित भएका थिए।
प्रतियोगितामा विजेता तथा उप-विजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य सम्झना तामाङ र विशिष्ट अतिथि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख  खगेन्द्र राई,लगायतले  पुरस्कार प्रदान गरे ।
बिजेता तथा उप-बिजेता टिमलाई क्रमशः नगद ४ लाख १ हजार  र २ लाख १ हजार  र ट्रफी, मेडल, प्रमाणपत्र बितरण गरिएको बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए।
नारद मुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा प्रतिष्ठित ८ वटा टिम न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी ,एभिनीयर फुटबल क्लब काठमाडौ,दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,एभरेष्ट फुटबल क्लब सुनसरी, चारतारे फुटबल क्लब मोरङ ,बागमती फुटबल क्लब सर्लाही र आयोजक बसाहा फुटबल  क्लबले सहभागिता जनाएको थियो।