• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फत्तेपुरमा शुभकामना आदानप्रदान कार्यक्रम 

फत्तेपुरमा शुभकामना आदानप्रदान कार्यक्रम 
फत्तेपुर, ४ कार्तिक ।
सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा शनिबार बडा दशै तथा दिपावलीको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले सप्तकोशी नगरसमितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो।
एमाले सप्तकोशी नगरसमितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
नेकपा एमाले सप्तकोशी नगर अध्यक्ष पारस दाहालको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य पुर्व मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
फत्तेपुर स्थित दुर्गा मन्दिरको हलमा आयोजित कार्यक्रममा  शुभकामना दिदै प्रमुख अतिथि नेता लेखीले देशको समृद्धि र विकासको लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताए। लेखीले वैदेशिक दलाल र पुँजिपती  बर्गको अन्त्य गरि जनताको जनवाद स्थापना गरि समृद्ध राष्ट्र बनाउन सबै एकताबध्द भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य एवम् सप्तकोशी नगरपालिकाका पुर्व मेयर उत्तम कुमार गौतम, प्रदेश सदस्य सरिता चौधरी, जिल्ला कमिटी सदस्य दुर्गा फुँयाल,राजेन्द्र सेन्चुरी,जाहिर हुसेन,देबकान्त चौधरी ,पशुपति चौधरी ,प्रेस चौतारीका केन्द्रिय सदस्य खगेन्द्र कार्की ,अनेकी महासंघका केन्द्रिय सदस्य गोबिन्द खत्री,अनेम महासंघ प्रदेश उपाध्यक्ष संगिता काफ्ले ,भुपु सैनिक प्रदेश कमिटी सदस्य कृष्ण थापा,बुद्धिजिबि परिषदका प्रदेश सदस्य दिनेश कार्की ,अनेकी महासंघ प्रदेश सदस्य श्याम यादब,अनेकी नगर अध्यक्ष निरन्जन यादब, वडा अध्यक्षहरु नन्दिलाल चौधरी, डोलेश्वर खडगा लगायतले समेत शुभकामना मन्तब्य ब्यक्त गरे ।
 प्रेस चौतारी नेपाल सप्तरीका सचिब शिव प्रसाद आचार्यद्वारा संचालित कार्यक्रममा स्वागत नगरसचिव   राम प्रसाद यादबले  गरे ।