• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बाटो पत्रकारिता प्रशिक्षण पुस्तक विमोचन

बाटो पत्रकारिता प्रशिक्षण पुस्तक विमोचन
न्यूज टुडे
राजविराज, ३ कार्तिक । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र गृह, सञ्चार तथा कानूनमन्त्री मो. समिम लगायतका मन्त्रीहरुले संयुक्त रुपमा पत्रकारिता प्रशिक्षण सम्बन्धी पुस्तक विमोचन गरेका छन् ।
मुख्यमन्त्री यादवलाई  बार्षिक प्रतिबेदन प्रदान गर्दै आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव । फोटो: न्यूज टुडे

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच आमसञ्चार प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तक विमोचन गरेका हुन्  । पुस्तक विमोचन गर्दै मुख्यमन्त्री यादवले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम, प्रशिक्षण लगायतका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।।
पत्रकारहरुले सत्यतथ्य र विश्वसनीयतालाई अझ सबल बनाउनुपर्ने आवश्यकता औंल्याउदै उनले ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखिदिनुपर्छ, पत्रकार र मिडियालाई म सम्मान गर्छु, मिडियाले गलत कार्यलाई गलत लेखिदिएमा त्यसैलाई आधार मानेर कारबाही गर्न प्रतिवद्ध छु ।’ सकारात्मक गतिविधि एवम् विषयवस्तहरुलाई समेत पत्रकारहरुले मिडियामा समुचित स्थान दिनुपर्नेमा उनले जोड दिए । पत्रकार र मिडिया क्षेत्रको प्रवर्द्धन सम्बन्धी कार्यहरु अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिदै मुख्यमन्त्री यादवले आवश्यक बजेट अभाव पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गृह, सञ्चार तथा कानून मन्त्री समिमले प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकलाई बढी भन्दा बढी उपयोग गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरेन्द्र प्रसाद सिंह, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलबार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंह समेतको  उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले प्राधिकरणको वार्षिक प्रतिवेदन समेत मुख्यमन्त्री यादव र गृह, सञ्चार तथा कानूनमन्त्री समिमलाई बुझाएका छन्  । ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकको लेखन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका पत्रकारिताका वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले गरेका छन् । उक्त पुस्तकमा आधारभूत पत्रकारिता, टेलिभिजन पत्रकारिता, श्रब्यदृश्य छायाङ्कन तथा सम्पादन, रेडियो पत्रकारिता, फोटो पत्रकारिता र कृषि पत्रकारिता सम्बन्धी तालिम सञ्चालनका लागि निर्देशिका सहितको पाठ्यक्रम समावेश गरिएको आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष यादवले जानकारी दिए