• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा १५ दिने व्यापार मेला
न्यूज टुडे
राजबिराज , ३ कार्तिक ।
दशै तथा शुभदिपावलीकाे अवसरमा राजबिराजमा १५ दिने सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेला २०८० ’को आयोजना हुने भएको छ । सप्तरी युथद्वारा राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गरी कार्तिक ११ देखि २६ गतेसम्म मेला लाग्ने जनाएको हो ।
राजबिराज स्थित राजरंगशाला खेलमैदान मेला आयोजना गरिने सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादवले बताए ।
सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञचालित मेलामा ३० भन्दा बढी स्टल रहने उनले जानकारी दिए ।
उक्त अवसरमा दैनिक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने मेलाका संयोजक सतेन्द्र यादबले बताए ।
राेटे पिंग, ब्रेक डान्स, नाच सहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री,भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहने मेला समिति संयाेजक यादवले जानकारी दिए ।
मिथिला संस्कृत, खाना महोत्सव तथा राष्ट्रिय एवम् स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयाेजक यादबले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बताए ।