• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
उपसभापति यादवलाई पितृशोक 
नर्मदेव यादव
रुपनी , ३ कार्तिक  ।
जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादवलाई पितृशोक परेको छ । सप्तरीको रुपनी गाउँपालिका १ निवासी उपसभापति यादवको बुवा बर्ष ८२ को भुलाई यादवको बिहिवार राती निधन भएको हो ।
उपसभापति यादवको  बुवाको निधनप्रति लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुख व्यक्त गरेको छ । उपसभापति यादवको बुवाको पार्थिव शरीरमाथि शुक्रबार पार्टी झण्डा ओढाउदै  वरिष्ठ नेता मेहताले दिवंगत आत्माको शिरशान्तिको कामना गरे ।
यादवको पार्थिव शरीरमा लोसपा नेता जयप्रकाश ठाकुर, गजेन्द्र मण्डल, शम्भु प्रसाद यादव, दिनेश कुमार यादव ,दिपेन्द्र चौधरी,  सुनिल झा, पितम्वर यादव, संजय यादवलगायतका केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेताकार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
उपसभापति यादवको बुवाको पार्थिव शरीरमा पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि  धत्दाटोल स्थित आफ्नै निजि जग्गामा सामाजिक परम्परा अनुसार अन्त्यष्टी गरिएको जनाएको छ ।