न्यूज टुडे
राजविराज, ३ कार्तिक ।
सप्तरीको महादेवा गाउँपालिकामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । जसपा महदेवा गाउँपालिका समितिद्वारा बिजयादशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिका अध्यक्ष अशोक गोइतको अध्यक्षता तथा जसपा नेपालको केन्द्रिय कार्यकारिणी सदस्य मधेश प्रदेश इन्चार्ज मृगेन्द्र कुमार सिंह यादव (राजबाबु)को प्रमुख आतिथ्य एवम् राजनीति समिति सदस्य मधेस प्रदेशको पुर्ब अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य बिकास तिवारी, प्रदेश मुख्यसचिव दिनेश कुमार यादव, प्रदेश सदस्यहरु किशोर कुमार यादव केसी, बिनोद कुमार यादव , प्रदेश सदस्य एवम् जिल्ला समन्वय समितिको पुर्ब सभापति मनोज यादव (प्रभाकर), सिरहा जिल्ला इन्चार्ज कौशलेन्द्र यादव, सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जिल्ला कार्यकारिणी सदस्य लक्ष्मण यादव, दिप नारायण यादव , महदेवा गापा पुर्ब अध्यक्ष दिपक कुमार यादव (टु टु बाबू), महदेवा गापा अध्यक्ष पदको प्रत्याशी उम्मेदवार शिबनन्दन यादव (बैजु मुखिया ) लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।