नर्मदेव यादव
रुपनी, २ कार्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार प्राप्तिका लागि अन्तिम लडाइँ लड्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको रुपनीमा बिहिवार आयोजित कार्यकार्ता भेटघाट कार्यक्रममा बोल्दै उनलेे यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता महतोले मधेश विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्दै अन्तिम संघर्ष गर्नुपर्ने बताए ।
“गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना केही आन्दोलनको बदलत प्राप्त भयो, उनले भने, अझै उहाँले देखाएको बाटो अधुरै छ, त्यसलाई पूरा गर्न अन्तिम संघर्ष गर्नु जरुरी छ । “
थप अधिकार सुनिश्चितताको लागि आन्दोलनको आबश्यकता रहेकोमा जोड दिदै उनले अधिकार प्राप्तिको अन्तिम लडाइँ लड्न तयारी गर्न नेताकार्यकर्ता आग्रह गरे ।
“हामीले पहिचान सहितको प्रदेश, मधेश प्रदेश त प्राप्त गर्यौ, उनले भने, हाम्रो ८ वटा जिल्लाको मात्र प्रदेशको माग थिएन, हामीले मेचीदेखि महाकालीसम्मको एकमधेश एक प्रदेश हुनुपर्छ भनेका थियौं, उनले थपे, मेचीदेखि महाकालीसम्मको तराई-मधेशका भुभाग मधेश हुनुपर्छ ।”
समग्र मधेश एक मधेश लागि र थप अधिकार प्राप्तिको लागि अन्तिम लडाइँ लद्नुपर्ने उनको भनाई थियो ।
रुपनी गाउँपालिका १ का पुर्व अध्यक्ष पितम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।