• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अझै सचेत नवने तराई – मधेश मरुभूमि हुनेछ:प्रथम राष्ट्रपति यादव 

अझै सचेत नवने तराई – मधेश मरुभूमि हुनेछ:प्रथम राष्ट्रपति यादव 

न्यूज टुडे

राजविराज, १ कार्तिक ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.  रामवरण यादवले चुरे विनाशका कारण तराई मधेशमा मरुभूमिकरणको खतरा बढेको बताएका छन् । राजविराजमा बुधबार कर्मवीर योद्धा  खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मण्डललाई अभिनन्दनपत्रद्वारा सम्मान गर्दै प्रथम राष्ट्रपति डा. यादव । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै डा. यादवले अन्न र जलको भण्डारको रुपमा चिनिदै आएको स्वर्गसमान तराईमा पानीको सतह तल जाँदै गरेको र ठाउँ- ठाउँमा पानीको अभाव नै देखिएको कारण चुरे जोगाउनका लागि सचेत बन्नुपर्ने समय आएको बताए । “चारदशक अघिसम्म अन्न निर्यात गर्ने अवस्थामा हामी थियौं, गरिवले पनि प्रयाप्त माछा खान पाउँथे, साग सब्जीको अभाव थिएन” उनले भने ” तर यी सबै कुराहरू एकादेशको कथा झै बन्नाको कारण चुरे विनाश नै हो ।
चुरेलाई जोगाउने तिर लाग्नुभन्दा सरकारनै बालुवा, गिट्टी, ढुङ्गा बाहिर पठाउने कानुन बनाउनेतिर लागेको भन्दै उनले थपे ” यस्तै हो भने केही समयपछि तराई मरुभूमि बन्ने र गाई बस्तुको सट्टा उट चराउने अवस्था आउनसक्छ । “
कार्यक्रमका प्रमुख अतिथि रहेका डा. यादवले संविधानसभाबाट नयाँ संविधान बन्नु, समानुपातिक  समाबेशीताको ग्यारेन्टी हुनु ठुलो उपलब्धि रहेपनि त्यस अनुसारको सुधार आउन अझै बाँकी रहेको बताए ।
नागरिक अभिनन्दन समारोहमा मन्चासिन प्रमुखअतिथि डा. यादवसहित अथितीगणहरु । फोटो: न्यूज टुडे
तराई- मधेसमा ब्याप्त दाईजो प्रथा, आबश्यक भन्दा अनावश्यक कुरामा बढी खर्च गर्ने प्रवृत्ति अझैपनी कायम रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अभिनन्दित व्यक्तित्व खुशीलाल मण्डल र आफू प्रजातन्त्रका लागि संगसंगै काम गरेको स्मरणकासाथ उनलाई अभिनन्दन गरिएकोमा खुशी व्यक्त गरे ।
पुर्व निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रममा पुर्व सभामुख दमननाथ ढुंगानाले अभिनन्दित मण्डलमा विश्लेषण गर्ने अद्भुत क्षमता रहेको र ऊनी लोकतन्त्रप्रति समर्पित योद्धा रहेको बताए । अभिनन्दन कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, नवलकिशोर साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, प्रदेशसभा सदस्य ललिता बिद्रोही तत्मा, जितेन्द्र सोनल, पुर्व जिविस सभापति विरबल बिराजी लगायतकाले पनि अभिनन्दित मण्डलको योगदान बारे चर्चा गरेका थिए । कार्यक्रमको आयोजना सप्तरी- सिरहा नागरिक समाजले गरेको थियो ।
पत्रकार सुधा देवद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष रामरिझन यादवले स्वागत गरेका थिए ।