• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

दशैं सुरु भईसकेको छ । यसै क्रममा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरुमा भक्तजनको घुईचो लाग्न थालेको छ ।

सप्तरीमा पनि छिन्नमस्ता मन्दिर, कंकालिनी मन्दिर लगायत अन्य मन्दिरमा पनि भक्तजनहरुको चहलपहल बढेको छ । छिन्नमस्ता जाने बाटो यही समयमा मर्मत गर्न थालिएको छ । एकातिर भक्तजनहरु दर्शनका लागि सडकमा विभिन्न सवारी साधन मार्फत बिहानैदेखि छिन्नमस्ता जान थालेका छन् भने यही समयमा सडक मर्मतका लागि स्काभेटर, ट्रिपर, ट्रयाक्टर सडकका ठाउँ ठाउँमा रोकेर राखिएको देखिन्छ । सवारी साधनको चाप सडकमा

रहेकै समयमा मर्मत थाल्नाले दुर्घटनाको जोखिम बढ्ने अवस्था छ । सडकमा गिट्टी ओच्छ्याइएका कारण साईकल, मोटरसाइकल चलाउन देखि पैदल यात्राका लागि समेत सडक अप्ठ्यारो बनेको अवस्था छ । सावधानी नअपनाईए जुनसुकै समयमा पनि दुर्घटना हुने अवस्था सिर्जना भएको छ ।
यही मर्मतको काम दशैं भन्दा अघि गरेको भए आवागमनमा यस्तो अप्ठ्यारो अवस्था आउने थिएन । तर ‘जब प¥यो राती अनि… ताती’ भन्ने उखान झैं भएको छ । सप्तरी देखि सडकमा अझै यात्रुहरुको चाप बढ्ने भएका कारण सडक मर्मतको काम शिघ्रातिशिघ्र सम्पन्न गर्न आवश्यक छ ।