न्यूज टुडे
राजविराज–३० असोज ।
पुर्वसभामुख दमननाथ ढुंगानाले ठूला राजनीतिक दलहरु जिम्मेवार नहुँदा जनताले परिवर्तनको प्रत्याभूति पाउन नसकेको कुरा बताएका छन् राजविराजमा मंगलवार आयोजित अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
काँग्रेस, एमाले र माओवादी लगायतका ठूला पार्टीले जनताका साथ गरेको बाचा पुरा गर्न नसकेको र यसले जनतामा नैराश्यता बढाएको उनले बताए ।
नागरिक अगुवाको समेत भूमिकामा रहेका ढुंगानाले मुलुकमा भ्रष्टाचार बढेको, राष्ट्रिय सम्पतीको दोहन बढेको भन्दै यस्तो प्रवृत्ति रहिरहे जनअसन्तोष अझै चुलिने उनको टिप्पणी थियो । जनताको समस्या भन्दा पनि आफ्नो स्वार्थ तर्फ लाग्नाले राजनितीक पार्टीहरु मुनाफाखोर कम्पनी जस्ता बन्न थालेको उनले बताए ।
संविधानले संघियता, गणतन्त्र, समावेशिता जस्ता कुराको ग्यारेन्टी गरेपनि त्यसको सहि पालना हुन नसक्दा वर्तमान व्यवस्था प्रति नै निराशा बढन थालेको उनको कथन थियो ।
मुलुकमा यस्तो निराशा बढदै गएपनि त्यस्तो जनआक्रोश राजतन्त्रको पुर्नस्थापनाका लागी भने नरहेको उनले दावी गरे । वर्तमान निर्वाचन प्रणाली अति खर्चिलो भएको कारण यसमा सुधारको आवश्यकता रहेको बताए ।