• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अबैध रकमसहित दुई युवती प्रहरी नियन्त्रणमा 

अबैध रकमसहित दुई युवती प्रहरी नियन्त्रणमा 
न्यूज टुडे
राजविराज, ३० असोज ।
सप्तरीको रुपनी गाउँपालिका १ खाडो खोलाबाट दुई जना युवती श्रोत नखुलेको  नगद सहित पक्राउ परेकी छिन्  । सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर २ बस्ने २७ बर्षीया सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्बर १ बस्ने २६ बर्षीया चन्दा कुमारी चौधरीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
प्र.१–०० ४८ प ३०९० नम्बरको स्कुटरमा सबार उनीहरुलाई रुपनी गाउँपालिका १ स्थित खाँडोपुलमा रोकेर चेकजाँच गर्दा स्कुटरको डिक्कीमा झोलाभित्र लुकाएर राखिएको ७ लाख ५० हजार बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै स्कुटर चालक सागरले लगाएको ज्याकेटको दाहिनेतर्फको खल्तीभित्र राखेको  ३६ हजार ५ सय समेत फेला पारी दुबैलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।