• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

“मगरले गोरेबहादुर खपांगीको दशैं परित्याग भाष्यलाई खासै बुझेनन्” 

“मगरले गोरेबहादुर खपांगीको दशैं परित्याग भाष्यलाई खासै बुझेनन्” 
न्यूज टुडे
राजविराज, ३० असोज ।
दशैं परित्यागको भाष्य :
मगरले दशैं परित्याग गर्नुपर्ने अर्को तर्क पनि छ, खपांगीको। त्यो हो, नेपालको जात व्यवस्था र जातिवाद। उनको कथन छ, ‘जातिवाद ब्राम्हणवाद हो। ब्राम्हणवाद निक्खर रूढीवादको पराकाष्ठा हो। यसबाट मगरलाई सचेत गराउन दशैं परित्याग ठूलो कडी हो।’
मगर जातिको साझा संस्था छ, नेपाल मगर संघ। नेतृत्वमा गोरेवहादुर खपांगी आएपछि संघले दशैं परित्याग गर्ने निर्णय गर्‍यो। मगरको दशैं होइन, यो राज्यले लादेको हो भन्ने संघको तर्क थियो।
५० को दशकमा शुरु भएको दशैं बहिष्कार अभियानले कतिपय मगरले दशैं मान्न छाडेका छन् (मीन श्रीसमगर, मगर जातिको चिनारी, ६६–६७)। मीनले लेखेजस्तो मगर संघले दशैं परित्याग गर्ने निर्णय गरेको थियो, बहिष्कार होइन। यसबारे खपांगीले थिए भनेका छन्, ‘‘दशैं परित्याग मुद्दा तेस्रो महाधिवेशनबाट उठेपनि मैले संघको नेतृत्व सम्हालेपछि दशैं परित्यागको बिषयलाई घनिभूत छलफलमा ल्याएँ। केन्द्रीय समितिको औपचारिक बैठकले निर्णय गर्‍यो। कार्यान्वयनतर्फ अग्रसर भयो। यो मुद्दा गाउँघरमा आगोसरी फैलियो। मगरले दशैंमा टीका लगाएर हिँड्न संकोच मान्न थाले। कतिपयले परम्परागत रूपमा मानेको कुरालाई नत्यागौँ भने त कसैले बहिस्कार भने। बहिस्कार त एकचोटी छोडे पनि अर्को चोटी त स्वीकार्न सकिन्छ। मगरलाई परित्याग र बहिस्कार बुझाउन धेरै समय लाग्यो।’’ खपांगी कथन छ, ‘ब्राम्हणवादको सिकञ्जारूपी सनासोबाट मुक्त गर्न दशैं परित्याग जरूरी थियो।’
मगरले दशैं परित्यागको अन्तर्यमा आर्थिक पाटो पनि जोडिएको छ। गाउँघरमा कहावत नै छ, ‘दशैं आयो ढोल बजाई, दशैं गयो रिन बोकाई।’
खपांगी थप्छन्, ‘‘दशैं मान्दा मगर आर्थिकरूपबाट पनि शोसित थिए। सामाजिक, मानसिक, जातीयरूपमा त थिचिएकै थिए। …मगरहरूले दशैं परित्याग गर्नु सामान्यतः दशैंमा ब्राम्हणको जुन विधिविधानअनुसार मगरहरूमा आर्थिकरूपबाट पर्ने असरलाई हटाउनु थियो। आर्थिकरूपले सचेत गराउन पनि दशैं परित्याग जरूरी थियो। १६ लाख मगरले एक लाख सुँगुर ढाल्छ, दशैंमा। एक लाख सुँगुर पोल्न दाउरा, पकाउन तेल मसला, पकाउने समय, १५ लाख प्राणीको हत्या गर्ने यो कस्तो हो ? दही र चामल मुछेर टीका लगाउँदा कति दही, चामल खर्च भयो ? मालभोग केरा प्रयोग गरी टीका लगाउँदा कति खर्च हुन्छ ?’’’
दशै परित्याग घटनामा खपांगीमगर मुछिए :
जब निर्दलीय निरंकुश क्रूर पञ्चायत ब्यवस्था २०४६ साल वृहत जन आन्दोलनले उन्मुलन गरिए पछि कुरा २०४८ सालमा हुने बहुदलीय संसदीय शासन प्राणली को आम चुनाव हुने तयारी थियो त्यसै बेला नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा र नेपाल जनजाति पार्टी एकीकरणपछि राष्ट्रिय जनमुक्ति पार्टी नामाकरण गरि मान्छे चुनाब चिन्ह लिएर निर्वाचन भाग लियो । महासचिव खपाङ्गी नै बने । सबै राजनैतिक पार्टीले खपाङी र उनको पार्टीलाई अछुत सरहको व्यवहार गर्ने गर्थे । प्रमुख पार्टीको आन्तरिक कलह, पार्टी पार्टीबीच देशको स्थिति, अस्थिर सरकार र माओवादी जनयुद्ध गरिरहेका बेला राजा ज्ञानेन्द्रले २०५९ मा राजकीय सत्ता लिएपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मन्त्रीमण्डल गठन गर्यो ।
पार्टीको सिफारिसमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याणमन्त्री दशैंको छेकामा बने । उनै खपांगीमगर राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सहभागी भएर टीका थापे। उनले राजाको हातबाट दशैंको टीका थापे। सरकारी परम्पराअनुसार दशैंको टिकाको दिन राजाको हातबाट टिका ग्रहण गरेपछि पूर्णेको भोलिपल्ट कान्तिपुर पत्रिकाको मुख्य पृष्ठमा टिका लाउँदै गरेको फोटो सहित समाचार प्रकाशित भयो । टिका प्रसङ्गलाई जनएकता पत्रिकामा पनि बढाइ चढाई छापिए । खगेन्द्र संग्रौलाले आलोचनात्मक लेख लेखेपछि मगर समुदाय र आदिवासी जनजातिमाझ पक्ष विपक्षमा विभाजित भयो । यसरी टीका लगाएपछि उनीमात्र विवादीत भएनन्, मगर संघको दशैं परित्यागको अभियानमा समेत नकारात्मक असर पर्‍यो।
दशैं मान्न छाडेकाले केहीले मान्न थाले । तर, जनमुक्ति पार्टीका कार्यकर्ता, आस्था राख्नेहरुले दशैं परित्यागलाई कायम नै राखे । धेरै ठाउँमा उनले टिकाको प्रसङ्ग उठ्नासाथ भन्थे– ‘हाम्रो पार्टी कुनै धर्म, संस्कृति र जातिको विरोधी होइन । मैले राजाको हातको टिका मगर भएर होइन मन्त्रीको हैषियतले लगाएको हुँ । राष्ट्र प्रमुखले मान्ने संस्कृति, परम्परालाई सम्मान गरेको हुँ । यो प्रसङ्गलाई गलत अर्थ लगाउनु भनेको हाम्रो (आदिवासी जनजाति) मान्छेले राजनीति गर्न सिक्दैछन् बुझ्न समय लाग्छ ।’
त्यस्तै माओवादीले २०५२ फागुन १ गतेदेखि नेपालमा ‘सशस्त्र संघर्ष’ थाल्यो। जयप्रकाश पुनको माइधर्का रहेको ठाउँनेर पानी ट्यांकी बन्यो। अलि मुन्तिर स्कुल। माइधर्का नै नभएपछि कहाँ पुज्नु दशैंकी देवी ? पुज्ने चलन नै हरायो।
‘‘माओवादी शान्तिप्रक्रियामा फर्किसके पनि माइधर्का फर्केको छैन। फर्काउनेबारे चासो र छलफल पनि छैन,’’ जयप्रकाश भन्छन्।
रांकोट र थुनिमौलामा कालरात जगाउन नगए खारा(पैसा तिर्ने) तिर्ने चलन पनि हरायो। दुबै मौला सशस्त्र संघर्षकालमा हराए। मौला भने माओवादी शान्तिप्रक्रियामा आएपछि फर्के।
मगर संघ वा माओवादी प्रभावित क्षेत्रमा माओवादीले दशैंमा थोरतिनो हलचल ल्याएको देखिन्छ। तर, सदियौंदेखि राज्यले लादेको दशैं मनोविज्ञानबाट भने मगर मुक्त हुन सकेका छैनन्। संविधानमा धर्मनिरपेक्ष लेखे पनि व्यवहारमा राज्यले नै हिन्दू धर्मलाई देशको धर्म र दशैंलाई राष्ट्रिय चाड बनाएपछि, दशैं नमान्दा तथाकथित मूलधारमा नपरिने हो कि र झनै शोषित पो भइने हो कि भन्ने सन्त्रास मगर जातीमा छ।