कञ्चनरुप, ३० असोज ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर बस्तिपुरमा रहेको सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा संचालनमा आएको छ । ल्याबको नगर प्रमुख ललनप्रसाद गुप्ता र वडा नम्बर १२ का वडा अध्यक्ष देवीबहादुर खत्रीले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

ल्याबको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले ग्रामिण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । सेवा संचालनमा आएसँगै सानो–सानो रोगको परिक्षण गर्न स्थानियलाई बजारसम्म जानुपर्ने बाध्यताको हटेको नगर प्रमुख गुप्ताले बताए ।
वडा नम्बर १२ का अध्यक्ष देवीबहादुर खत्रीले सामान्य चेकजाँचका लागि अव टाढा जानु पर्ने बाध्यता समेत अन्त्य भएको बताए । उनले ल्यावमा स्वास्थ्य जाँच गराउन समेत आग्रह गरे ।
नगरपालिकाको आर्थिक सहयोगमा संचालित ल्याव सेवा भएको स्वास्थ्य केन्द्र महेन्द्र राजमार्गदेखि ३ किलो मिटर टाढा रहेको तथा ल्याब सञ्चालनका लागि १७ लाखभन्दा बढी लागत लागेको नगरपालिकाले जनाएको छ ।
ल्याव संचालनसंगै घर नजिकै चेकजाँच हुने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
ल्याब संचालनमा आएपछि एनालाइजरबाट सिविसि, युरिक एसिड, ब्लड सुगर, क्रयाटिनी, दिसा, पिसाब, रगत लगायतका रोगहरुको पहिचान र उपचारमा सहयोग पुग्ने सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज मुरारी कटुवालले बताए ।
ल्याबबाट खकार, दिसा, पिसाब, रगत लगायतका रोगको किटाणु भए÷नभएको पत्ता लगाइने समेत बताए ।
ल्याबका उपकरण खरिदका लागि नगरपालिकाले १० लाख ६५ हजार रकम र वडा नम्बर १२ ले ७ लाख गरी जम्मा १७ लाख ६५ हजारको लागतमा ल्याब संचालन गरिएको स्वास्थ्य केन्द्रका इन्चार्ज कटुवालले जानकारी दिए ।