• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राज दादीमाँद्वारा ओम शान्ति भवन उद्घाटन

राज दादीमाँद्वारा ओम शान्ति भवन उद्घाटन

न्यूज टुडे
राजविराज, २९ असोज ।
ब्रह्माकुमारी राजयोग केन्द्र नेपालका निर्देशक राजयोगिनी तपस्विनी राज दादीमाँले नवनिर्मित ओम शान्ति भवन उद्घाटन गरेकी छिन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित इनरुवामा नवनिर्मित ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको सोमबार आयोजित एक समारोहका विच दादीमाँले उद्घाटन गरेकी हुन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवलकिशोर साह सम्मान ग्रहण गर्दै । फोटोः न्यूज टुडे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजकी प्रमुख ब्रह्माकुमारी भगवती दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि निर्देशक दादीमाँले सिलालेख अनावरण गरि नवनिर्मित भवन उद्घाटन गरिन ।
भवन उद्घाटन समारोहमा जनमत पार्टीका अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. सिके राउत, जसपा कार्यकरिणी समिति सदस्य एवम् क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नवल किशोर साह, ब्रह्माकुमारी राजयोग केन्द्र नेपालका सह निर्देशक ब्रह्मा कुमारी किरण दिदी, ब्रह्माकुमारी सिर्जना दिदी , ब्रह्माकुमार तुलसी भाइजी, रामसिंह भाईजी, जगदीश भाईजी ,चन्दु भाईजी, ब्रह्मा कुमारी दिपा दिदी , गिता दिदी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।विहार मधेपुराकी ब्रह्माकुमारी रन्जु दिदीद्वारा संचालित कार्यक्रममा स्वागत भवन निर्माणका प्रमुख सहयोग दाता ब्रह्माकुमार चन्दु भाईजीले गरे । 

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव, प्रदेशसभा सदस्य सतिश कुमार सिंह, सकिल अलि, नेपाल पत्रकार महासंघका मधेश प्रदेश परिषद सदस्य बृजमान तामाङलगायतका स्थानीय जनप्रतिनिधिहरु, नेपाल तथा भारतका विभिन्न स्थानका राजयोगिनी ब्रह्माकुमारी तथा ब्रह्माकुमारहरुको उपस्थिति रहेको ब्रह्माकुमार एवम् संचारकर्मी दिनानाथ यादवले जानकारी दिए ।

भवन उद्घाटन गर्दै प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे

कार्यक्रममा ब्रह्माकुमारी राजयोग केन्द्रमा सहयोग पु¥याउने तथा कार्यक्रममा सहभागी अतिथिहरुलाई माला दोसल्लासहितबाट सम्मान गर्दै विभिन्न उपहार समेत प्रदान गरिएको थियो ।