• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

योजना रेड बुकमा पार्नपनि कमिसनको खेल छ: डा.राउत 

योजना रेड बुकमा पार्नपनि कमिसनको खेल छ: डा.राउत 
राजविराज, २९ असोज ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीको तर्फबाट पेश गरिएको योजनालाई अर्थ मन्त्रालयले नै कटौती गरिदिने गरेको बताएका छन् ।
सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिकाे सभाहलमा साेमवार जनमत पार्टीद्वारा आयोजित दशै तिहार छठको शुभकामना आदानप्रदान कार्यक्रमकामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका राउतले योजना रेड बुकमा पार्नुभन्दा पहिलेनै मधेश प्रदेशमा कमिसनको खेल हुने गरेको खुलासा गरे । उनले यहि खेलका कारण आफुहरुले सिफारिस गरेको योजना छाटिने गरेको गुनासो समेत सुनाए ।
 महिलालाई रोजगारी पार्टीको प्राथमिकता रहेतापनि ग्रामिण उधोग स्थापनाका लागी जग्गा उपलब्ध गराउन स्थानीय तहले असहयोग गरिएरहेको उनको आरोप थियो ।
नेता राउतले जनताको पक्षमा काम गर्दा आफुहरुको लोकप्रियता बढ्छ भनेर चौतर्फी रुपमा असहयोग भइरहेको प्रतिक्रिया व्यक्त गरे ।
सोही कार्यक्रममा पार्टीका तर्फबाट मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री रहेका महेश प्रसाद यादवले आफुहरुले प्रदेशमा प्रस्तुत गरेको योजनाहरुबाट अन्य पार्टीहरुको निद्रा हराउनु थालेको भन्दै अध्यक्ष डा. राउतको विचारधाराको लहर प्रदेश देखि देश व्यापी रुपमै फैलिरहेको बताए ।
सोही पार्टीका प्रदेश सभा सदस्य सतिष कुमार सिंहले आफुहरु विगतमा विग्रीएको गजेन्द्रनारायण सिंह अस्पतालको अबस्था सुधारमा लागिरहेको बताउदै यस अघि यहि क्षेत्रबाट प्रतिनिधिसभामा जितेर उपप्रधान तथा स्वास्थ्यमन्त्री भएका नेताले अस्पताल विकासको नाममा कामभन्दा पनि जनताका विच भ्रम छर्ने काम मात्र गर्नाले अस्पतालको यो अबस्थामा आएको टिप्पणी गरे ।
जनमत पार्टीको सप्तरी इन्चार्ज रामगमन साहकाे अध्यक्षतामा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशसभा सदस्य सकिल अलि, केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, पार्टीका पुर्व जिल्ला इन्चार्ज ममता झा, प्रदेशसभा सदस्य रन्जु खंग, वलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव,  डा. सिके सिंह, ,तिलाठी काेइलाडी गाउँपालिका २ का वडा अध्यक्ष कमल कुमार मण्डल ,पत्रकार मनाेहर पाेखरेल ,ऋषिकेश ठाकुर,शुभनारायण यादव मलाकार,सिकेन्द्र साह ,याेगेन्द्र मेहता,रामकुमार यादव,राम प्रसाद मण्डल ,मदनेश चाैधरीलगायतले शुभकामना व्यक्त गरे ।
डाक्नेश्वरी नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार थानेश्वार प्रसाद साहद्वारा संचालित कार्यक्रममा स्वागत जनमत पार्टीका जिल्ला कार्यकारिणी सदस्य जय प्रकाश मण्डलले गरे ।
कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ४ का उम्मेदवार माधुरी साह, तुलसी सदा, पुर्व प्रहरी रामकिसुन साह, सितादेवी लगायतका जनमत पार्टी प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष डा. राउतले पार्टीमा स्वागत गरेका थिए ।