• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शिक्षा संजालको बैठक सम्पन्न,साक्षर जिल्ला घोषणामा जोड 

शिक्षा संजालको बैठक सम्पन्न,साक्षर जिल्ला घोषणामा जोड 
राजविराज, २९ असोज ।
बालिका तथा समावेशी शिक्षा संजालको जिल्ला स्तरीय त्रैमाशिक र साक्षर स्थानीय तह, जिल्ला घोषणा पुर्व तयारी बैठक राजविराजमा सोमबार सम्पन्न भएको छ ।
जिल्ला संजालका संयोजक एवम् जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित एक कार्यक्रमको विच बैठक सम्पन्न भएको हो ।
आरम्भ परियोजना(पिपुल इन निड)को समन्वय तथा सहयोग, आसमान नेपालको साझेदारीमा जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका शिक्षा शाखा संयोजकहरुले बालिका शिक्षा तथा स्थानीय तहहरुमा पुर्ण साक्षर पालिका घोषणाको तयारीको बारे भएको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
आसमान नेपाली जिन अफिसर सम्मान गर्दै जिसस प्रमुख शिव नारायण साह । फोटो: न्यूज टुडे
आफ्नो पालिकामा भएको बालिका शिक्षा सम्बन्धि गरिएका गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गर्दै उनीहरुले २०८० भित्र जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने लक्ष्यलाई सार्थक तुल्याउन सबैको साथ सहयोगको  आबश्यकतामा जोड दिए ।
कार्यक्रममा राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादव, शम्भुनाथ नगरपालिकाका विदुर विक्रम थापा, सुरुङ्गा नगरपालिकाका धन बहादुर आले, खडक नगरपालिकाका विरेन्द्र प्रसाद यादव, विष्णुपुर गाउँपालिकाका अर्जुन कुमार यादव, महादेवाका विष्णुदेव मण्डललगायतका विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखहरुले प्रतिबेदन प्रस्तुत गरे ।
कार्यक्रममा कन्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, शम्भुनाथ नगरपालिकाकी कार्यबाहक नगरप्रमुख अनिता कुमारी चौधरी, बोदेबर्साईन नगरपालिकाकी कार्यबाहक नगरप्रमुख रेणु कुमारी साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल,  बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, अग्नीसाईर कृष्णासवरन गाउँपालिकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी मण्डल, आरम्भ परियोजना (पिपुल इन निड)का  कार्यक्रम संयोजक विना बलाललगायतका विभिन्न पालिकाका मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, लेखापाल, संचारकर्मी, सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको आसमान नेपालका जिन अफिसर शान्ता कुमारी सिंहले जानकारी दिइन् ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका विजय कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत कार्यालय प्रमुख विजय कुमार मण्डलले गरेका थिए भने बैठकको उदेश्य बारे आसमान नेपालका कार्यक्रम संयोजक  शम्भु प्रसाद साहले प्रकाश पारे ।
कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधिहरुलाई टीका गम्छासहितले सम्मान समेत गरिएको थियो ।