• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

केरा खेतीमा क्षति पुगेपछि किसान चिन्तित 

केरा खेतीमा क्षति पुगेपछि किसान चिन्तित 
न्यूज टुडे
राजविराज, २८ असोज ।
सप्तरीको खडक नगरपालिका वडा नम्बर १० फुलवडियामा लगाएको केराखेतीमा क्षती पुगेपछि एक किसान चिन्तित भएको छ।  केहीदिन अघि हावाहुरीसंगै परेको वर्षाले स्थानीय मायादेवी साहले लगाएको केरा खेतीमा क्षति पुगेकाे हो ।
 आम्दानी लिने अवस्थामा रहेको केराकाेबाेट हावहुरीले भाचिँदा करिव ३ लाख बराबरको क्षति पुगेकाे कृषक साहले बताइन् ।
जय बाबा धर्मराज कृषि पशु बिकास फर्म दर्ता गरि चार वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आएकी साहले यस वर्ष हावाहुरीले फर्ममा नराम्रो क्षति पुर्‍याउँदा लाखौं लगानी डुबेको उनको दुखेसो सुनाइन् । सात वर्ष लगाएर गरेकोको केरा खेतीमा बार्षिक लाखौं लगानी लागेकाे भएपनि आम्दानी  लिने बेला हावाहुरीले लगानी डुब्ने चिन्ताले सताएको मायादेवीकाे पति उमेश साहले दुखेसो पोखेका छन् ।
 केराखेती भएकाे क्षतिबारे कृषि ज्ञान केन्द्र ,खडक नगरपालिका ,जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरुले निरिक्षण गरेका छन् ।  क्षतिपूर्तिको लागि सिफारिस सहितको अन्य सहयाेगकाे लागि पहल गर्ने खडक नगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेन्द्र प्रसाद चाैधरीले जानकारी दिए ।