• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नगर स्तरीय अगुवा कार्यकर्ता भेला
न्यूज टुडे
कन्चनरुप, २७ असोज ।
सप्तरीको कन्चनरुप नगरपालिका ८ बेरियरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कञ्चनरुप नगरपालिका  स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नगर अध्यक्ष सत्य नारायण चौधरी अध्यक्षता तथा  मधेस प्रदेश कमिटीका पुर्व सदस्य छेदी रजक(विमल)को प्रमुख आतिथ्यमा नगरपालिका स्तरीय भेला सम्पन्न भएको हो ।
अगुवा कार्यकर्ता भेलामा सहभागी माओवादी नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
भेलामा महिला नेता सरस्वती चौधरी, प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार तथा प्रकाशन,प्रसारण विभागका सदस्य देवराम यादव,पुर्व सदस्य एवम् प्रदेश सभाका प्रत्यासि उम्मेदवार बेचन प्रसाद चौधरी ,पुर्व जिल्ला सदस्यहरु राजु यादव,देव नारायण चौधरी,कपिल सरदार,योगेन्द्र यादव,जित बहादुर विकलगायतले पार्टीको ३ महिने अभियान सफल पार्न सक्रियता बढाउनुपर्नेमा जोड दिए ।
भेलाले सत्य नारायण चौधरी (संयोजक) योगेन्द्र यादव (सह–संयोजक), राजेन्द्र यादव(राजु),देव नां चैधरी,दुली यादव,बौवालाल चौधरी,मनोज चौधरी,कुलेश्वर सरदार,सिताराम चौधरी,जित बहादुर विश्वकर्मा,दयाराम चौधरी,उमेश प्रसाद चौधरी,फुली दास चौधरी,कुशेश्वर राउत,जोगेन्द्र चौधरी  लगायत सदस्य रहेको नगर अभियान टोलि चयन गरेको जनाइएको छ ।
 यसैगरी मनोज चौधरीको संयोजकत्वमा प्रचार प्रसार समिति र सिताराम चौधरीको संयोजकत्वमा आर्थिक समिति  समेत गठन गरेको माओवादी केन्द्र कन्चनरुपले जनाएको छ ।