न्यूज टुडे
राजबिराज, २७ असोज ।
वडा दशैँको अवसरमा खडक नगरपालिकामा शनिबार आयोजित मैत्री पूर्ण टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा राजबिराज महिला क्रिकेट टिम विजय भएको छ। खडक महिला क्रिकेट टिमलाई ४० रनले पराजित गर्दै राजविराजले जित हासिल गरेको हो ।
सबल नेपालको सहयोगमा खडक नगरपालिका स्थित लालपट्टी खेलमैदानमा आयोजित मैत्रीपूर्ण खेलमा टस जितेर राजबिराजले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा १ सय रन बनाएका थिए ।
प्रतिउत्तरमा खडक नगरपालिका महिला टिमले सबै बिकेट गुमाई ६० रन मात्र बनाएका थिए ।
यसैगरी असोज २५ र २६ गते महदेवा गाउँपालिका स्थित महदेवामा दुई वटा विद्यालयमा महिला क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले छात्राहरूलाई दुई दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
उक्त प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा विद्यालयका ६० जना छात्रछात्राहरू सहभागी रहेका थिए । क्रिकेट खेल बारेमा सहजिकरण तथा अवसर बारेमा सप्तरी क्रिकेट संघका सदस्य तथा प्रशिक्षक धर्मेन्द्र चौधरीले गरेको आयोजकले जानकारी गराएका छन् ।