• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अगुवा कार्यकर्ता भेलाको समिक्षा
न्यूज टुडे
राजविराज, २३ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को अगुवा कार्यकर्ता भेलाको समिक्षा बैठक सम्पन्न भएको छ । राजविराजमा मंगलबार  आयोजित बैठकले  विभिन्न निर्णय गर्दै समिक्षा बैठक सम्पन्न भएको हो ।
 यस कमाण्ड अन्तर्गत महादेवा,तिलाठी कोइलाडी,छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका सहित ३७ वडा मध्ये ३४ वडामा भेला,प्रशिक्षण,अभियान टोली निर्माण भएको   नेकपा माओवादीका केन्द्रिय सदस्य तथा अभियानका इन्चार्ज राम कुमार शर्माले बताए । उनले केहि  दिन भित्रै   बाँकी ३ वटा वडामा समेत अभियान संचालन  हुने  उल्लेख गरे ।  विगतमा अभियानको दौरानमा भएको कमी कमजोरीलाई सुधारेर जाने प्रतिबद्घता सहित विभिन्न निर्णय गर्दै समिक्षा बैठक सम्पन्न भएको उनले जानकारी दिए ।
  बैठकमा पूर्व प्रदेश सदस्य भागवत यादव, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार तथा प्रकाशन,प्रसारण विभागका सदस्य देवराम यादव,पुर्व  जिल्ला सदस्य तथा पालिका ईन्चार्ज एवम महदेवा गाउँपालिकाका अध्यक्षका प्रत्यासी उम्मेदवार दिपेन्द्र माझी ,पुर्व जिल्ला सदस्यहरु भन्नालाल यादव,केदार देव, ,मुसलिम मुक्ति मोर्चाका जिल्ला संयोजक मो.डोमन,सुरेन्द्र यादव,शिवशंकर पण्डित लगायतले ३ महिने अभियानको दौरानमा सकारात्मक पक्षको साथै  सुधारको बारेमा आ आफनो विचार ब्यक्त गरेका थिए ।