• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

इजरायलमा निधन भएका विद्यार्थीको स्मृतिमा दिप प्रज्वलन 

इजरायलमा निधन भएका विद्यार्थीको स्मृतिमा दिप प्रज्वलन 
उत्तम आचार्य
रुपनगर, २३ असोज ।
आध्ययनका लागि इजरायल गएका नेपाली बिद्यार्थीहरुको निधनको स्मृतिमा सप्तरीको विभिन्न स्थानमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरिएको छ । हमासको आक्रमणमा परि  निधन भएकोमा उनिहरुको स्मृतिमा सप्तरीको रुपनगर चोकमा मंगलबार श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरिएको हो ।
कन्चनरुप नगरपालिका सुरक्षित आप्रवासन ( सामि ) सप्तरीको आयोजनामा इजरायलमा निधन भएका नेपाली बिद्यार्थीहरुको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन र  श्रद्धाञ्जली  सभाको आयोजना गरिएको कंचनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिए ।
 कार्यक्रममा बोल्दै नगर प्रमुख ललन प्रसाद गुप्ताले हमासको आक्रमणमा परि नेपाली बिद्यार्थीहरुको निधन हुनु अत्यन्त दुखद घटना भएको  बताए । उनले दिगंवत भएका बिद्यार्थीहरुको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना समेत प्रकट गरे ।
उनले घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसंग माग समेत गरे ।
नगर प्रमुख गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्षहरु , सदस्यहरु , युवा , महिला , संचारकर्मीहरु  स्थानीयबासीहरु , आयोजक संस्थाका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
हमासकोआक्रमणमा निधन भएका विद्यार्थीको स्मृतिमा दिप प्रज्वलन गर्दै महिला नेताहरु । फोटो : न्यूज टुडे
यसैगरी जसपा निकट समाजवादी महिला संघ सप्तरीले समेत राजविराजमा मंगलबार साँझ दिप प्रज्वलन गरेका छन् । हमासको आक्रमणबाट ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको स्मृतिमा दिप प्रज्वलन गरेको समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिला देवि साहले जानकारी दिइन् ।
हमासको आक्रमणमा परि १० जना नेपाली बिद्यार्थीहरुको निधन भएको थियो ।