• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
माओवादीको अगुवा कार्यकर्ता भेला 
राजविराज, २३ असोज । 
सप्तरीको महादेवा गाउँपालिकाले वडा नम्बर १ सोनरामा मंगलबार नेकपा माओवादी केन्द्रको अगुवा नेताकार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा  एक समारोहका बिच वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । नेकपा माओवादीका मो. सकुरको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम कुमार शर्माको  प्रमुख अतिथिमा कार्यक्रम  आयोजना भएको थियो। 
कार्यक्रम बोल्दै नेता शर्माले पार्टीको उपलब्धिको प्रचार प्रसार गरेर जनता समक्ष गएर ३ महिने अभियान संग जोडिन पार्टीका नेता,कार्यकर्तालाई आग्रह गरे । अहिले ब्यवस्था फेरिए पनि आम जनताको अबस्था नफेरिएकाले मुलुकमा सुशासन,समृद्धि र सामाजिक न्यायको पक्षमा पार्टी नेतृत्वले एक पछि अर्को भ्रष्टाचारीहरुको फाइल खोली रहेको बताए । कार्यक्रममा पूर्व जिल्ला सदस्य तथा पालिका ईन्चार्ज एवम्  गाउँपालिकाका अध्यक्षका प्रत्यासी उम्मेदवार दिपेन्द्र माझी ,पुर्व जिल्ला सदस्य केदार देव, मुसलिम मुक्ति मोर्चाका जिल्ला संयोजक मो.डोमन,अखिल नेपाल महिलासंघ महादेवाका संयोजक शोभा कुमारी ठाकुर,  १ नम्बरका वडाध्यक्षका प्रत्यासी उम्मेदवार राधेश्याम यादव, रेशमी देवी सदा ,मों इसमाइल ,जुगेश्वर मण्डल लगायतले  मन्तव्य व्यक्त गर्दै पार्टीको ३ महिने अभियान सफल पार्न सक्रिय हुनुपर्नेमा जोड दिए ।
 उक्त अवसरमा प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार तथा प्रकाशन,प्रसारण विभागका सदस्य देवराम यादव, पुर्व जिल्ला सदस्य भन्नालाल यादव,अखिल(क्रां) का नेता रञ्जीत मण्डल,सुरेन्द्र यादव,राम नारायण सरदार  लगायतको उपस्थिती  रहेको थियो । 
अभियान टोलीमा  मो.सकुर, फुलो देवी सदा,शिवराम यादव,शोभा कुमारी ठाकुर,रबिना ठाकुर,योगेन्द्र यादव,प्रमोद कुमार सदा,दुखी राम, बेचन यादव लगायत रहेका छन ।